राजविराज। सप्तरीको राजविराज नगरपालिका–१० स्थित हरिहरपुरमा मंगलबार साँझ करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका बस्ने ३२ वर्षीय नन्दकिसोर यादव रहेको वडा प्रहरी कार्यालय राजविराजले जनाएको छ । करेसाबारीमा विद्युतीय मोटरबाट पानी पठाउने क्रममा यादवलाई करेन्ट लागेको थियो ।

Advertisement

करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लैजाँदा लैजाँदै बीच बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!