संगालोखबर सम्वाददाता

धनकुटा, १८ भदौ । धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको आज मुटुको शल्यक्रिया गरिएको छ । काठमाण्डौं स्थित शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा अग्रज पत्रकार राईको मुटुको सल्यक्रिया भएको हो ।

मुटुको शल्यक्रिया सफल भएको राईकी पत्नी हिमा चेम्जोङले संगालोखबरलाई जानकारी दिईन् । ‘शल्यक्रिया सफल भयो, होस भने आएको छैन ।’ संगालोकर्मीसँग चेम्जोङले भनिन् ‘डाक्टरले भोलीमात्र होस आउँछ भनेको छ ।’

Advertisement
गंगालाल अस्पतालमा अग्रज पत्रकार राई । फाईल तस्वीर

शल्यक्रियाका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने सवैलाई चेम्जोङले धन्यवाद ब्यक्त गरेकी छन । अग्रज पत्रकार राई नेपाल पत्रकार महासंघ धनकुटाका सस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्षसमेत हुन ।

राईको शल्यक्रियाका लागि धनकुटाका पत्रकारहरुले आर्थिक संकलन गरेका थिए । त्यस्तै पत्रकार महासंघ जिल्ला शाखाले पत्रकार कल्याणकारी कोषबाट पनि सहयोग उपलब्ध गराएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!