उदयपुर। बैकल्पीक लोकमार्ग अन्तर्गत उदयपुर खण्डमा पार्किङ्ग गरिराखिएको एक स्काईभेटर (बाटो खन्ने मेसिन) मा आगजनी भएको छ ।

Advertisement

धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक निर्माणमा प्रयोग गरिएको स्काईभेटर उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ७ कालिखोलामा आगजनी भएको हो ।

सडक निर्माणको जिम्मा पाएको जेड आईइसि–शर्मा लामा जेभिको बा २ क ६५५७ नम्वरको स्काईभेटर आगो लागेको अवस्थामा फेला परेको उदयपुर प्रहरीले जनाएको छ ।

उदयपुरको कटारी गाईघाट सडक खण्डमा काम गरेर पार्किङ्ग गरेको मेसिन आईतबार विहान जलाएको अवस्थामा भेटिएको निर्माण कम्पनीले बताएको छ ।

घटनास्थल सदरमुकाम गाईघाटबाट ८ किलोमिटर तथा इलाका प्रहरी कार्यालय जलजलेबाट ५ किलोमिटर दुरीमा पर्दछ । करिव १ करोड मुल्यभन्दा माथि पर्ने स्काईभेटर कामनै नलाग्ने गरी जलाइएको सहायक प्रजेक्ट मेनेजर छिरिङ्ग शेर्पाले बताए ।-रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!