संगालोखबर सम्वाददाता

धनकुटा १७ भदौ । पत्रकारिताका माध्यमले कला तथा साहित्यको क्षेत्रमा सेवा गरेको भन्दै संगालोखबरका सल्लाहकार रमेशचन्द्र अधिकारीलाई एक संस्थाले शनिवार सम्मान गरेको छ ।

त्रिवेणी नाट्य वहारा डान्स एन्ड एरोबिक सेन्टरले आफ्नो वार्षिक उत्सवको अवसर पारेर सल्लाहकार अधिकारीलाई सम्मान गरेको हो । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंकबहादुर चुवानले खादा, टोपी तथा सम्मानपत्र प्रदान गरेका थिए ।

Advertisement
संगालोखबरका सल्लाहकार अधिकारीलाई सम्मानपत्र प्रदान गर्दै जिसस प्रमुख चुवान । तस्वीर: संगालोखबर

कवि तथा गीतकार समेत रहेका पत्रकार अधिकारी कान्तिपुर दैनिकमा उप सम्पादकको रुपमा कार्यरत छन् ।  त्रिवेणी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सम्मानित अधिकारीले कला, नाट्य तथा संगीतको क्षेत्रमा सदैव कलम चलाइरहने बताए ।

सेन्टरले वार्षिक उत्सवको अवसरमा बाढि पीडितलाई सहयोग पुर्याउने उद्धेश्यले वृहत सांगितिक तथा नृत्य कार्यक्रमको पनि आयोजना गरेको थियो । संकलित रकम बाढि पीडितलाई स्थलगत रुपमा वितरण गरिने संस्थाका अध्यक्ष युसिन यस्मालीले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!