संगालोखबर सम्वाददाता

धनकुटा, १७ भदौ । एकल महिलाहरुको आवाजलाई वुलन्द गर्दै लोकतन्त्रको सस्थागत विकासमा समाचारका माध्यमबाट योगदान पुर्याएको भन्दै संगालोखबरका प्रधान सम्पादक रविन कटेलसहित दुई पत्रकार पुरस्कृत भएका छन ।

मानव अधिकारको लागि महिला, एकल महिला समुह धनकुटाले शनिवार प्रथम साधारण सभाको अवसर पारेर संगालोखबरका प्रबन्ध निर्देशक एवं प्रधान सम्पादक कटेल र नयाँ नेपाल विचार साप्ताहिकका सम्पादक स्मिता निरौलालाई नगदसहित पुरस्कृत गरेको हो ।

Advertisement
संगालोखबरका प्रधान सम्पादक रविन कटेललाई पुरस्कृत गरिदै ।  तस्वीर: स्मिता निरौला ।

कार्यक्रममा पूर्व सभासद लिला सुब्बा, एकल महिला समुहका अध्यक्ष मिना राई र ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका प्रमुख निर्मला ढकालले खादा ओढाई नगद र प्रमाणपत्रसहित दुवै पत्रकारलाई पुरस्कृत गरेका थिए ।

कार्यक्रममा पूर्व सांसद लिला सुब्बा, एकल महिला समुहका अध्यक्ष मिना राई, ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका प्रमुख निर्मला ढकाल र पत्रकार रबिन कटेलले आफ्नो हक हितका लागि एकल महिलाहरु संगठित हुनुपर्नेमा जोड दिएका छन ।

भिडियो हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!