- रबिन कटेल/संगालोखबर

धनकुटा, १४ भदौ । धनकुटाको महालक्ष्मी नगरपालिकाले चालु आर्थिक बर्षका लागि करिव ३५ करोड बजेट बिनियोजन गरेको छ । बुधबार आयोजित नगर सभाको प्रथम अधिवेशनमा चालु आर्थिक बर्ष २०७४/०७५ का लागि ३४ करोड ७१ लाख ९९ हजार बरावरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

अधिवेशनमा महालक्ष्मी नगरका उप–प्रमुख मञ्जु अधिकारीले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन । बजेटमा चालु खर्च तर्फ २० करोड ५२ लाख ८१ हजार छुट्याईएको छ ।

त्यस्तै पूँजीगत तर्फ १४ करोड १९ लाख १८ हजार बजेट बिनियोजन गरिएको छ । बिनियोजित बजेटमा चालु तर्फ ५९.२ प्रतिशत र पूँजीगत तर्फ ४०.८ प्रतिशत छुट्याईएको हो ।

महालक्ष्मी नगर सभाको प्रथम अधिवेशन । तस्वीर: रबिन कटेल/संगालोखबर

चालु आर्थिक बर्षको बजेटमा आर्थिक विकास तर्फ ६७ लाख ५५ हजार, सामाजिक विकासमा २ करोड २ लाख ६४ हजार र पूर्वाधार विकासमा ५ करोड ६ लाख ५५ हजार बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै वातावरण तथा पूर्वाधार विकासमा ४४ लाख ७५ हजार र संस्थागत तथा सेवा प्रवाहमा १ करोड ५ लाख ६५ हजार गरी जम्मा ९ करोड २७ लाख १४ हजार बजेट छुट्याईएको छ । चालु आर्थिक बर्षको आन्तरिक आय ८१ लाख ४० हजार हुने अनुमान गरिएको छ ।

त्यस्तैगरी सरकारबाट प्राप्त हुँने वित्तिय समानिकरण अनुदानबाट १६ करोड ६९ लाख २८ हजार, सर्शत अनुदानवाट १२ करोड ७९ लाख ८१ हजार, सामाजिक सुरक्षा भत्ताको २ करोड २० लाख, निर्वाचन क्षेत्र विकास कार्यक्रबाट १ करोड, जनसहभागिताबाट ७० लाख गरी बजेटको सीमा तयार गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिएका छन ।

महालक्ष्मी नगर सभाका थप तस्वीरहरु हेर्नुहोस्…

तस्वीर: रबिन कटेल/संगालोखबर

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!