- मानवी तामाङ

हिले, ११ भदौ । नव निर्वाचित जनप्रतिनिधिहरुलाई डिलर एशोसियसन हिलेले शुभकामना आदानप्रदान एवं सम्मान गरेको छ । हिलेमा कार्यक्रम आयोजना गरी एशोसियसनले जनप्रतिनिधिलाई सम्मान गर्दै शुभकामना आदान–प्रदान गरेको हो ।

कार्यक्रममा डिलर एसोसियसनका अध्यक्ष्य कृष्णराज श्रेष्ठले जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, १ नम्बर वडाध्यक्ष निरन तामाङ, सदस्यहरु लालचन्द गोङवा, फुलमाया वि.क. लगायतलाई खादा ओढाई सम्मान गरेका थिए ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानले डिलरले ब्यापारीलाई र ब्यापारीले उपभोक्तालाई सर्वसुलभ मुल्यमा सामान उपलब्ध गराउँनुपर्नेमा जोड दिए ।

हिलेमा आयोजित शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम । तस्वीर: मानवी तामाङ

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले व्यावसायीहरुका समस्यालाई नीति–नियम बनाएर समाधान गरी सर्वसाधरणलाई सहज रुपमा सेवा सुविधा दिन भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

यता उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले व्यापार–ब्यावसायलाई आधुनिकिकरण र प्रवद्र्धनमा ध्यान दिनुपर्ने धारणा राखे ।

त्यस्तै १ नम्बर वडाध्यक्ष निरन तामाङले व्यापार–व्यावसाय विकेन्द्रिकरण हुदै गईरहेकाले यसलाई व्यावस्थापन गर्न डिलरको रुपमा विस्तार गर्नुपर्ने आवश्यकता औल्याएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!