इलाम, २९ कात्तिक । इलामका ग्रामीण क्षेत्रमा सडक विस्तार भएपछि किसानहरुलाई तरकारी बेच्न सहज भएको छ।  व्यापारीहरु किसानको घरमै पुगेर तरकारी खरिद गर्दै आएका छन्।

Advertisement

इलामको सूर्योदय नगरपालिका, रोङ गाउँपालिका लगायतका किसानहरुले आफूले उत्पादन गरेको तरकारी झापाका बजारहरुमा राम्रो मूल्यमा बिक्री गर्दै आएका छन्। यहाँका किसानहरुले उत्पादन गरेको तरकारी झापाका व्यापारीहरु घरैमा आएर खरिद गर्ने गरेका छन्।

अहिले रोङ गाउँपालिकाको कोल्बुङ सूर्योदय नगरपालिकाको कन्याम, पञ्चकन्या लगायतका क्षेत्रमा उत्पादन हुने तरकारी झापाका बजारहरुमा उज्यालो नहुँदै पुग्छन्।

किसानहरुले उत्पादन गरेको टमाटर, साग, आलु, इस्कुस लगायतका तरकारी मेची राजमार्गमा निकालेपछि सहज रुपमा झापाका बजारहरुमा पुग्ने गरेको छ। तराईका अन्य जिल्लाहरुमा उत्पादन भएको तरकारीभन्दा इलामको तरकारी ताजा हुने भएकोले तरकारीको मूल्य राम्रो हुने गरेको हो।

रोङ गाउँपालिकाको कोल्बुङ र सूर्योदय नगरपालिकाको कन्याम र पञ्चकन्याका किसानहरुले व्यवसायिक रुपमा इस्कुस उत्पादन गर्दै आएका छन्। यहाँका किसानहरुले सिजनमा दैनिक १० टन बढी इस्कुस झापाको बिर्तामोड, दमक, धुलाबारी र भारतको सिलगुडी बजारमा बिक्रीका लागि लैजाने गरेका छन्।

 इस्कुस खेतीबाट मात्र यस क्षेत्रका किसानहरुले वर्षमा पाँच लाखसम्म आम्दानी गर्दै आएको पाइन्छ। इस्कुसको जरा, मुन्टा र फलसमेत बिक्री हुने भएकाले यसलाई किसानले आम्दानीको स्रोत बनाएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।  कन्यामको तारगाउँका किसानले व्यावसायिक काँक्रा खेती गरेर वर्षमा ५० लाख बढी आम्दानी गर्दै आएका छन्। काँक्रा खेतीबाट कन्याम तारगाउँका किसानले गत वर्ष ५० लाख आम्दानी गरेका  थिए।

किसानहरुले मौसमी र बेमौसमी तरकारी खेती गरी यसैको आम्दानीले घर खर्च चलाउँदै आएका छन्। जिल्लाका सीमावर्ती गाविसका किसानले पनि व्यवसायीक तरकारी खेतीबाट आम्दानी गर्दै आएको गोर्खे गाविसका राजेन गौतमले बताए। सीमा क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बिक्रीबाट वार्षिक एक करोड भारतीय रुपैयाँ नेपाल भित्रने गरेको पशुपतिनगरका कमल गदालले बताए।

भारतीय व्यपारीले सीमावर्ती मानेभञ्ज्याङ, पशुपतिनगर, जौबारी, तुम्लिङ लगायका व्यापारिक केन्द्रबाट तरकारी खरिद गर्दै आएका छन्।  यस क्षेत्रमा उत्पादित तरकारी भारतको पर्यटकीय क्षेत्र दार्जिलिङमा निकासी हुने गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा खाद्यबाली नहुने भएकाले तरकारी खेती किसानको मुख्य आयस्रोत रहेको छ।

माई नगरपालिकामा  व्यावसायिक रुपमा केरा खेती फस्टाउँदै गएको छ। चुरे क्षेत्र केरा खेतीका लागि उपुयुक्त भएपछि किसानले व्यवसायिक रुपमा खेती गर्दै आएका हुन्।

बजारको समस्या नहुने र श्रम पनि कम लाग्ने गरेका कारण केरा खेतीमा किसानको आकर्षण बढेको हो।केरा खेती पछिल्लो समय सो क्षेत्रको मुख्य नगदेबालीसमेत हुँदै गएको छ।

किसानका अनुसार केराखेती उत्पादन राम्रो भएपनि प्राविधिक सहयोगको अभाव छ। माई नगरपालिका क्षेत्रको दानाबारीबाट एक हप्तामा १० ट्रयाक्टरभन्दा बढी केरा झापाका बजारमा निकासी हुने गरेको छ। प्राविधिक सहयोग भए अझ केरा खेतीको विस्तार गर्न सकिने स्थानीय किसान बताउँछन्।

अहिले माई नगरपालिकाको १,२,४ र ५ नम्बरमा व्यवसायिक रुपमा चिनीचम्पा, जाजी, माल्बोक जातका केराहरु किसानले खेती हुँदै आएको छ। किसानले ठेकेदारी तरिकाले १० हजारदेखि ६० हजारसम्ममा बगान बिक्री गर्दै आएका छन्। माई नगरपालिकामा उत्पादन हुने केरा काठमाडांैमा कालिखोलाको केराको नामले चिनिन्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!