संगालोखबर सम्वाददाता

धनकुटा, ३० कात्तिक । धनकुटामा आज बिहान विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको साप्तिङटारबाट नेकपाका जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतम र जिल्ला सदस्य रणकुमार राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

निर्वाचन बिरोधी गतिबिधि गर्दै आएकाले उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन ।

जिल्ला सदस्य राईले प्रयोग गर्दै आएको मे.३ प ११८० नम्बरको मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिईएको छ ।  यसअघि हिजो पनि नेकपाका तीनजनालाई प्रहरीले धनकुटाका बिभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

नेकपाका धनकुटा इन्चार्ज शर्मा ।

पक्राउ पर्नेमा जिल्ला सदस्य बिज्ञान भनिने मोहन ओझा, रञ्जित राई र प्रेम कटेल छन । ओझालाई हिले, राईलाई थलथले र कटेललाई पाख्रीवासबाट पक्राउ गरिएको प्रहरी प्रमुख राजभण्डारीले बताएका छन ।

यसअघि स्थानीय तह निर्वाचनमा पनि निर्वाचन बिरोधी गतबिधि गरेको आरोपमा धनकुटाबाट नेकपाका जिल्ला इन्चार्ज शर्मासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरु निर्वाचन पश्चात छुटेका थिए । निर्वाचन विरोधी गतिबिधि गर्दै आएको भन्दै प्रहरीले नेकपाका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ ।

यो पनि पढ्नुहोस …

धनकुटामा नेकपाका नेता पक्राउ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!