संगालोखबर सम्बाददाता

ओखलढुंगा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगामा एक हजार १२८ जना कर्मचारी खटाइने भएको छ ।

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० हुन लागेको निर्वाचनका लागि यस जिल्लामा एकहजार १२८ कर्मचारी खटाउन लागेको ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो ।

Advertisement

मुख्य निर्वाचन अधिकृत केसीका अनुसार निर्वाचनका लागि खटाइने कर्मचारीको नामावली तयार पारिसकिएको छ । यही मंसिर ७ गते तोकिएको मतदान केन्द्रहरुमा पुग्ने गरी कर्मचारी परिचालन गरिनेछ ।

एकसय ४१ मतदान अधिकृत, १४१ जना सहायक मतदान अधिकृत निर्वाचनमा खटिएका छन् । निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृतसहित एक मतदान केन्द्र बराबर चार सहायक कर्मचारी र दुईजना सहयोगी कर्मचारी गरी आठजना कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृत केसीले बताउनुभयो ।

निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्ला आइपुगिसकेका छन् भने निर्वाचन सामग्री सम्बन्धित निर्वाचनस्थलहरुमा पठाउने तयारी भइरहेको छ । जिल्लामा एक नगरपालिकासहित सातवटा गाउँपालिकाभित्र १४१ मतदान केन्द्रमार्फत मतदान हुँदैछ । प्रतिनिधिसभाको चुनावमा एक लाख दुई हजार २६३ जना मतदाताले मतदान गर्दैछन् ।

निर्वाचनको सुरक्षाका लागि सम्पूर्ण मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी खटिएका छन् । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!