- संगालोखबर सम्वाददाता

धनकुटा, २८ कात्तिक । छोराको मृत्यु भएपछि तमोर नदीमा हामफालेकी एक बृद्धालाई मंगलबार सकुसल उद्धार गरिएको छ ।

आत्माहत्या गर्न नदीमा हामफाल्ने साँगुरीगढी गाउँपालिका–१ लावरबोटेकी ६५ बर्षीया हिरामाया राईलाई शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले नदीबाट सकुसल उद्धार गरेका हुन ।

Advertisement
तमोर नदीबाट उद्धार गरेर बृद्धालाई सम्झाईदै ।

जण्डिस लगायत रोगबाट पीडित ४३ बर्षीय सुवास राईको सोमबार निधन भएको थियो । उनको शवलाई दाहसस्कारका लागि मंगलबार मुलघाट स्थित तमोर नदी किनारमा लगिएको थियो ।

त्यही वेला मृतक राईकी आमा हिरामायाले छोराको मृत्युको वेदना सहन नसकी नदीमा हामफालेको बताईएको छ । नदीमा हामफालेपछि उनलाई तत्काल शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले नदीबाट उद्धार गरेर निकालेका हुन ।

नदीले बगाएर करिव एक सय मिटर तल पुर्याएको अवस्थामा उनलाई उद्धार गरिएको थियो ।

तमोर नदीबाट उद्धार गरेर बगरमा ल्याईएपछि छटपटाउँदै बृद्धा ।

नदीले बगाउँदै गर्दा ढुंगामा अड्किएपछि तत्काल उद्धार गर्न सहज भएको मुलघाटका शसस्त्र प्रहरी निरीक्षक खड्ग बहादुर बस्नेतले संगालोखबरलाई बताएका छन ।

‘नदीबाट निकालेपछि पनि उनी छोरो पनि मर्यो म पनि मर्छु भन्दै नदीमा पस्न खोज्दै थिईन ।’ बस्नेतले संगालोकर्मीसँग भने ‘हामीले सम्झाई बुझाई गरेर आफन्तको जिम्मा लगाएर पठाएका छौ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!