राजविराज, २९ कात्तिक ।  सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ मा आज आगलागी हुँदा करिब रु दश लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीयवासी वकिल मिश्रका घरमा बालेको दियोबाट अचानक सल्केको आगोबाट मिश्रको गाई गोठसहित चार घर जलेर नष्ट भएको स्थानीयवासीले जनाएका छन् ।

Advertisement

सो आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगदमा क्षति पुगेको इलाका प्रहरी कार्यालय छिन्नमस्ताले जनाएको छ । सो आगलागीमा परी दुई गाईगोरुसमेत जलेर घाइते भएको पीडितले जनाएका छन् । आगलागी स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको दमकलले नियन्त्रणमा लिएका थिए ।

यसैबीच सप्तरी निर्वाचन क्षेत्र नं २ को (ख) प्रदेश सभा सदस्य राजपा –फोरम गठबन्धनका उम्मेदवार शैलेन्द्रप्रसाद साहले पीडितको घर पुगेर आगलागीको अवस्थाबारे जानकारी लिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!