- संगालोखबर सम्वाददाता

धनकुटा, १ मंसिर । धनकुटा नगरपालिका ८ याक्चनामा सुक्रवार बिहानदेखि भीषण डढेलो लागेको छ । जंगलमा अकस्मात आगो सल्किएको प्रहरीले जनाएको छ ।

डढेलोमा आसपासको वस्ति समेत जोखिममा पर्न सक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डढेलो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी र स्थानीयबासी परिचालित रहेको स्रोतले जनाएको छ । घटनामा कुनै पनि मानविय क्षति भने भएको छैन ।

अपरान्हसम्म आगो नियन्त्रणमा आएको छैन । घटनास्थलमा सहायक प्रहरी निरीक्षक धनकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको जनाईएको छ ।

हावा समेत चलेकोले आगो नियन्त्रण बाहिर जान सक्ने खतरा रहेकोले सावधानिपुर्वक नियन्त्रणको पहल भइरहेको सप्रनि श्रेष्ठले बताए । जंगलमा आगलागी भएको कारण भने खुल्न सकेको छैन । 

अपडेट –

धनकुटाको तमोर बनमा दिनभर लाग्यो डढेलो, गोठसहित दर्जनौ हेक्टर जंगल नष्ट 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!