इलाम, ३० कात्तिक । इलामको माइ–जोगमाइ गाउँपालिका–३ मा मा श्रीमतीको शव फेला परेको १५ दिन बित्न नपाउदै श्रीमान रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

नाम्सालिङ्ग लालिखर्कका ख्याम श्रेष्ठको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो। गत कात्तिक १५ गते उनकी श्रीमती गीताकुमारी श्रेष्ठको शव उत्तरे पोखरीमा डुबेको अवस्थामा फेला परेको थियो।

Advertisement

त्यसको १५ दिन बित्न नपाउँदै श्रीमान ख्यामको शव घरबाट ५ सय मिटर पर निबारोको रूखमा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय माइ–जोगमाइका प्रहरी नायव निरीक्षक सोम दुलालले बताए। बुधबार साँझ ५ बजे घरबाट हराएका श्रेष्ठलाई गाउँलेले खोज्दै जाँदा बेलुका ९ बजे रुखमा झुन्डिएको अवस्थामा फेला पारेका थिए।

मृतकको शव पोष्टमार्टमका लागि स्वास्थ्यचौकी फिक्कलमा लगिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोष्टमार्टम रिर्पोटपछि मात्र थप बताउन सकिने इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रहरी निरीक्षक शिवकुमार बुढाथोकीले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!