- संगालोखबर सम्वाददाता

धनकुटा, २९ कात्तिक । धनकुटामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य बिज्ञान भनिने मोहन ओझालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन बिरोधी गतिबिधि गरेको आरोपमा प्रहरीले आज बिहान हिले नजिकबाट ओझालाई पक्राउ गरेको हो ।

निर्वाचन विरोधी कुरा गर्दै मतदाता भड्काउँन काम गरेको पाईएपछि ओझालाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन ।

Advertisement
पक्राउ परेका नेकपाका जिल्ला सदस्य ओझा ।

यसअघि भएको स्थानीय तह निर्वाचनमा पनि निर्वाचन बिरोधी गतबिधि गरेको आरोपमा धनकुटाबाट नेकपाका जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरिएको थियो ।

पक्राउ परेका उनीहरु निर्वाचन पश्चात छुटेका थिए । निर्वाचन विरोधी गतिबिधि गर्दै आएको भन्दै प्रहरीले नेकपाका नेता–कार्यकर्तामाथि निगरानी बढाएको स्रोतले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!