धनकुटामा यसरी हुँदैछ चलचित्र ‘गोल’ को छायांकन (फोटो फिचरसहित)

धनकुटामा यसरी हुँदैछ चलचित्र ‘गोल’ को छायांकन (फोटो फिचरसहित)

धनकुटा, १ जेठ । धनकुटामा ठुलो पर्दाको चलचित्र ‘गोल’ को छायांकन सुरु भएको छ । भीम लामाको कथा निर्देशन तथा यम गुरुङ र अविरल भट्टराई निर्माता रहेको सो चलचित्रमा समाजमा विद्यमान विभेदजन्य घटना विरुद्ध सचेतना गर्ने प्रयास गरिएको निर्देशक लामाले बताए । प्रेम र हास्य प्रदान उक्त चलचित्रको ८० प्रतिशत छायांकन धनकुटाको कागते, हिले, पाख्रीबास लगायतका क्षेत्रमा गरिने भएको छ । यसैगरी सुनसरीको धरान, इटहरी लग...
बिद्यार्थी एकता दिवस : सेमेष्टर प्रणाली र धनकुटा क्याम्पसका बिषयमा अन्तरक्रिया

बिद्यार्थी एकता दिवस : सेमेष्टर प्रणाली र धनकुटा क्याम्पसका बिषयमा अन्तरक्रिया

धनकुटा, १ जेठ । ५४ औँ विद्यार्थी एकता दिवसको अवसर पारेर धनकुटामा ‘सेमेष्टर प्रणाली र धनकुटा बहुमुखी क्याम्पसको वर्तमान अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अखिल क्रान्तिकारी क्याम्पस इकाई समितीको आयोजनामा धनकुटा बहुमुखि क्याम्पसमा कार्यक्रम गरिएको हो । कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पस प्रमुख निरञ्जन वस्तीले सबै डिग्री भएका क्याम्पसमा सेमेष्टर प्रणाली सुरु भएको बताउँदै त्यसका...
धनकुटामा महिलाको पाठेघर निःशुल्क जॉच

धनकुटामा महिलाको पाठेघर निःशुल्क जॉच

धनकुटा, १ जेठ । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नर्सिङ संघ धनकुटाले महिलाको पाठेघरको निःशुल्क जाँच शिविर गरेको छ । रेडक्रस सोसाईटी महिला समितिको समन्वयमा गरिएको शिविरमा ४१ जनाको स्वास्थ्य परिक्षण गरिएको संघका अध्यक्ष सोनी सुवेदीले जानकारी दिइन् । जसमध्ये ३८ जनाको पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण र अन्यको भिडियो एक्सरे गरिएको हो । यस्तै दिवसको अवसरमा जिल्लाका नर्सिङ पेशामा सम्लग्न...
धनकुटा क्याम्पसमा नेविसंघले ‘बितण्डा’ मच्चाएको भन्दै अखिलको आपत्ती, संलग्नलाई कारबाही माग

धनकुटा क्याम्पसमा नेविसंघले ‘बितण्डा’ मच्चाएको भन्दै अखिलको आपत्ती, संलग्नलाई कारबाही माग

धनकुटा, १ जेठ । नेपाल बिद्यार्थी संघले धनकुटा बहुमुखी क्याम्पसमा ‘बितण्डा’ मच्चाएको भन्दै अनेरास्वबियूले आपत्ती जनाएको छ ।नेबिसंघले क्याम्पसमा आगजनी र तोडफोड गरी निन्दनिय र अशोभनिय काम गरेको भन्दै अनेरास्वबियूले भत्सना गरेको हो । शैक्षिक सुधारका लागि राखेका माग संबोधनमा क्याम्पस प्रशासनले चासो नदेखाएको भन्दै नेबिसंघ संबद्ध बिद्यार्थीले गत आईतबार क्याम्पस प्रमुख निरञ्जन वस्तीको कुर्सीमा आजगनी गर...
विश्व ह्वीलचियर यात्रीलाई धनकुटामा सहयोग

विश्व ह्वीलचियर यात्रीलाई धनकुटामा सहयोग

धनकुटा, १ जेठ। ह्वीलचियर मार्फत बिश्वशान्ती यात्रामा निस्किएका तेजबहादुर कार्कीलाई धनकुटामा जिफन्ट आबद्ध महिलाहरुले सम्मान गरी आर्थिक सहयोग उपलब्ध गराएका छन् । शान्तिकालागि बिश्व भ्रमणमा निस्किएका कार्कीलाई जिफन्ट र फाफुन सम्बद्ध श्रमिक महिलाहरुले बजारमा सहयोग संकलन गरी ३० हजार पाँच सय हस्तान्तरण गरेका हुन् । महिलाहरुले धनकुटा बजारमा सहयोग संकलन गरेका थिए । संकलित रकम मदनचौकमा कार्यक्रम गरी ह्...
धनकुटामा भेटिएको शवको भयो सनाखत, आफन्तलेनै हत्या गरेको खुलासा, यस्तो छ कारण

धनकुटामा भेटिएको शवको भयो सनाखत, आफन्तलेनै हत्या गरेको खुलासा, यस्तो छ कारण

धनकुटा, ३१ बैशाख । धनकुटा नगरपालिका–६ ल्याण्डफिल्डसाईड नजिक आईतबार बिहान फेला परेको वेवारिशे शवको सनाखत भएको छ । धनकुटा–६ स्थित नगरपालिका कार्यालय नजिक घर भएका राजेश श्रेष्ठको शव रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरीका अनुसार राजेशलाई उनकै परिवार मिलेर हत्या गरेको तथ्य खुलेको छ । दिनहुँ जसो मादक पदार्थ सेवन गरि घर आउने श्रेष्ठले आमालाई कुटेपछि परिवारका सदस्यले मि...
दमकको सुर्योदय बोर्डिङले गर्यो राष्ट्रियतामाथि खेलवाड, भारतको राष्ट्रिय झण्डा हाम्रो भन्दै पढाईदै

दमकको सुर्योदय बोर्डिङले गर्यो राष्ट्रियतामाथि खेलवाड, भारतको राष्ट्रिय झण्डा हाम्रो भन्दै पढाईदै

दमक, ३१ वैशाख । झापाको दमक स्थित सुर्योदय बोर्डिङले राष्ट्रियतामा खेलवाड गरेको पुष्टि भएको छ । उसले कक्षा १ का बिद्यार्थीहरुलाइ आफून मदरल्याण्ड अर्थात जन्मभूमि भारत भनेर पडाउने गरेको र राष्ट्रिय झण्डा सहित सबै भारतको नै उल्लेख भएका कितावहरु पढाउने गरेको पाईएको हो । दमक नगरपालिका उपप्रमुख गीता अधिकारी सहितको टोलीले बिद्यालयमा गएर बुझ्दा यो पुष्टि भएको पाईएको हो । नगर शिक्षा अधिकारी शलिकराम काफ्...
रैराङ हाइड्रोपावरद्वारा सर्वसाधारणका लागि शेयर निष्कासन

रैराङ हाइड्रोपावरद्वारा सर्वसाधारणका लागि शेयर निष्कासन

पाँचथर, ३१ वैशाख । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन गरेको छ । सर्वसाधारणका लागि आठ लाख ४० हजार कित्ता शेयर निष्कासन गरिएको कम्पनीका प्रमुख कुवेरमणि नेपालले जानकारी दिनुभयो । शेयर वैशाख ३१ देखि जेठ ३ गतेसम्मका लागि खुल्ला गरिएको हो । सी आश्वामा आबद्ध बैंक तथा वित्तीय संस्थामार्फत यस कम्पनीको न्यूनतम ५० कित्ता तथा अधिकतम चार हजार २०० कित्ता शेयरका लाग...
भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई स्पष्टीकरण

भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई स्पष्टीकरण

दमक, ३१ वैशाख । सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसंग स्पष्टीकरण मागिएको छ । दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुशी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले सो स्कूललाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो । नेपाली राष्ट्रियतामाथि आँच हुनेखालका भारतीय पाठ्यपुस्तक पठनपाठन गराउँदै आएको गुनासो आएपछि समितिले...
पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन हुनुपर्ने

पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन हुनुपर्ने

विराटनगर, ३१ वैशाख । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो दललाई गति दिन नेतृत्व परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक छ भन्दै पार्टीको विधान परिवर्तन गरेर भए पनि चाँडो महाधिवेशन बोलाउनुपर्ने माग गर्नुभयो । पार्टी सभापतिले विधान र सहमति बिपरित आफूमा शक्ति सञ्चय गर्...
धनकुटामा विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता

धनकुटामा विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता

धनकुटा, ३१ बैशाख । धनकुटामा पहिलो पटक नगरपालिका क्षेत्रका विद्यालयस्तरीय जुनियर व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । आधारभूत विद्यालयस्तरीय कक्षा ४ देखि ७ सम्म र माध्यमिक विद्यालयस्तरी कक्षा ८ देखि १० सम्मको फरक–फरक समुह विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा कक्षा ४ देखि ७ समूहको छात्रतर्फ दिप इङलिस बोर्डिङ स्कूलका नवीन न्यौपानेले सोहि विद्यालयका रौनक चौधरीलाई पराजित गर्द...
धनकुटालाई अपराधमुक्त बनाउँन सीसीटीभीबाट निगरानी गरिने

धनकुटालाई अपराधमुक्त बनाउँन सीसीटीभीबाट निगरानी गरिने

धनकुटा ३१, बैशाख । धनकुटालाई अपराधमुक्त जिल्ला बनाउन सीसीटीभीबाट निगरानी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय छलफलले सीसीटीभी जडान गर्ने निर्णय गरेको हो । जिल्लाका मुख्य–मुख्य सार्वजनिकस्थल, व्यापारिक प्रतिष्ठान र निजी आवासीय घरहरुमा पनि सीसीटीभी क्यामेरा जडान गर्न आवहन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए । सरोकारवाला निकायसँग समन्वय गरेर स...
मालपोतमा खुलेआम आर्थिक लेनदेन, कर्मचारीले नै गर्छन पैसामा बार्गेनिङ्ग

मालपोतमा खुलेआम आर्थिक लेनदेन, कर्मचारीले नै गर्छन पैसामा बार्गेनिङ्ग

भोजपुर, ३० बैशाख । मालपोत कार्यालयमा खुलेआम आर्थिक लेनदेन हुने गरेको खुलासा भएको छ । जग्गा लेनदेनमा कार्यालय भित्रैका कर्मचारीले पैसा माग्ने गरेको रहस्य खुलेको हो । मालपोत कार्यालयमा जग्गा पास तथा नामसरीमा सर्वसाधारणसँग ५ सयदेखि ५ हजारसम्म रसिद नकाटी लिने गरेका छन । ‘कार्यालय सहयोगीले समेत जग्गा पास गर्न सहयोग गरेको भन्दै सर्वसारधणसँग रकम माग्ने गरेका छन ।’ जग्गा पास गर्न पुगेका भोजपुर नगरपालिक...
प्रदेशको स्थायी राजधानी र नामाकरण जेठ महिनाभित्रः मुख्यमन्त्री राई

प्रदेशको स्थायी राजधानी र नामाकरण जेठ महिनाभित्रः मुख्यमन्त्री राई

विराटनगर, ३० वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र यसको नाम आगामी जेठ महिनाभित्रै सहमतिमै कायम हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं १ निर्वाचन समितिद्वारा आज यहाँ आयोजित प्रमाणपत्र वितरण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै उहाँ सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री राईले अनलाइन र सामाजिक सञ्जाललाई व्यवस्थित गर्न महासंघको भूमिका आवश्यक रहेको भन्...
धनकुटा बहुमुखी क्याम्पस प्रमुखको कुर्सी बिद्यार्थीले जलाए, कार्यकक्ष पनि तोडफोड

धनकुटा बहुमुखी क्याम्पस प्रमुखको कुर्सी बिद्यार्थीले जलाए, कार्यकक्ष पनि तोडफोड

धनकुटा, ३० बैशाख । नेपाल बिद्यार्थी संघ आवद्ध बिद्यार्थीहरुले आज धनकुटा बहुमुुखी क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गरेका छन् । बिद्यार्थीले उठाएका माग संबोधनमा क्याम्पस प्रशासनले चासो नदेखाएको विरोधमा नेविसंघ आवद्ध बिद्यार्थीले क्याम्पस प्रमुख निरञ्जन वस्तीको कुर्सी बाहिर निकालेर जलाएका हुन् । उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गर्दै टेवल र कुर्सी पनि फुटाएका छन् । नेवी संघले क्याम्पस...
बम विस्फोटको आरोपमा पक्राउ

बम विस्फोटको आरोपमा पक्राउ

बनियानी, झापा, ३० वैशाख । झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो । बिहान करीब ३ बजे प्रालिको बस ग्यारेजमा सकेट बम विस्फोटबाट प्रालिको मे १ ख २७३३ र मे १ ख २७२६ नं...
दमक नगरपालिकाकाे बसपार्कमा बम भेटियाे

दमक नगरपालिकाकाे बसपार्कमा बम भेटियाे

झापा, ३० वैशाख । दमक  नगरपालिकाकाे बसपार्कमा  बम भेटिएकाे छ । अाइतबार बिहान भेटिएकाे  बम नेपाली सेनाकाे डिस्पाेजल टाेलीले  निस्क्रिय पार्ने तयारी गरेकाे छ । बम भेटिएकाे हल्ला फैलिएपछि बासिन्दा त्रसित बनेका छन् । यातायात बन्द भएकाे छ । बम नेत्रविक्रम चन्द विप्लव नेतृत्वले राखेकाे हुन सक्ने अाशंका गरिएकाे छ ।
सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला

सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला

खोटाङ, ३० वैशाख। सुनकोशीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एकको शव शनिबार फेला परेको छ । बाख्रा चराउन गएका बेला पौडी खेल्ने क्रममा वैशाख २२ गते सुनकोशीमा बेपत्ता भएकामध्ये बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङघाटका १२ वर्षीय सुमन श्रेष्ठको शव फेला परेको हो । नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये श्रेष्ठको शव चार किलोमिटर तल नदीको छालले किनारमा निकालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्...
इटहरीमा बृहत् शैक्षिक मेला जेठ ३ देखि

इटहरीमा बृहत् शैक्षिक मेला जेठ ३ देखि

इटहरी, ३० वैशाख । ब्रिज एजुकेशनको आयोजना तथा मल्टिटेक युनिटको सहकार्य र ए एस इभेन्ट्सको एण्ड मार्केटिङको सहकार्यमा यही आउँदो जेठ ३ र ४ गते इटहरीमा बृहत् शैक्षिक मेला अर्थात् इष्ट नेपाल एजुकेशन फेयर आयोजना हुने भएको छ । उक्त कुरा शनिबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा शैक्षिक मेलाबाट इटहरी र यस आसपासका शिक्षासँग सम्बन्धित सरोकारवालाहरुले लाभ लिन सक्ने ए एस इभेन्ट्सका मार्केटिङका बजार निर्देशक...
धनकुटामा प्रहरीको गाडीमा ढुंगा प्रहार, एक जना पक्राउ

धनकुटामा प्रहरीको गाडीमा ढुंगा प्रहार, एक जना पक्राउ

धनकुटा, ३० बैशाख । धनकुटाको रुद्रवारीमा गस्तीमा रहेको प्रहरीको गाडीमाथी ढुंगा प्रहार भएको छ । बन्दका क्रममा सुरक्षा तैनाथीका लागि गस्तीमा रहेको प्रहरीको गाडीमा बिहान ढुंगा प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ढुंगाले लागेर जिल्ला प्रहरी कार्यालयको ना.१ ज.१३३४ नम्बरको गाडीमा सामान्य क्षति पुगेको प्रहरी निरीक्षक आमोद खेरवारले संगालोखबरलाई जानकारी दिए । गाडीमा ढुंगा प्रहार भएपछि प्रहरी...
धनकुटामा शंकास्पद अवस्थामा युवाको शव फेला, हत्या आशंकामा तीन जना पक्राउ (भिडियोसहित)

धनकुटामा शंकास्पद अवस्थामा युवाको शव फेला, हत्या आशंकामा तीन जना पक्राउ (भिडियोसहित)

धनकुटा, ३० बैशाख । धनकुटा नगरपालिका–६ ल्याण्डफिल्ड साईड नजिक आईतबार बिहान एक युवाको शव शंकास्पद अवस्थामा फेला परेको छ । ल्याण्डफिल्ड साईडको दक्षिण पश्चिममा रहेको प्रतिक्षालय नजिक करिव ३० बर्षीय युवाको शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा हत्या गरेर फालिएको हुनसक्ने अनुमान गरिएको धनकुटाका प्रहरी निरीक्षक अञ्जन कोईरालाले संगालोखबरलाई जानकारी दिएका छन् । ‘घाँटीमा दर्फराएको ड...
जीतपुरमा निःशुल्क स्वास्थ्य शिविर (फोटो फिचरसहित)

जीतपुरमा निःशुल्क स्वास्थ्य शिविर (फोटो फिचरसहित)

धनकुटा, २९ बैशाख । महालक्ष्मी नगरपालिकाको जीतपुरमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । रोट¥याक्ट क्लव अफ धरान घोपा, रोटरी क्लव अफ धरान घोपा, वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान तथा एन.एम.एस.आर.ए.को संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो । महालक्ष्मी नगरपालिका र गुम्वा फार्मेसीको सहयोगमा सञ्चालित शिविरमा याङपाङ, ढोडे, अर्खौले, मुर्तिढुंगा, लेगुवा लगायत स्थानबाट बिरामीहरु उप...
राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैन: काँग्रेस प्रवक्ता शर्मा

राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैन: काँग्रेस प्रवक्ता शर्मा

दमक, २९ वैशाख । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएको बताउनुभएको छ । उहाँले आफ्ना राजनीतिक माग पूरा गराउन अब सडकमा टायर बाल्ने, कालो झण्डा देखाउनेदेखि नारा जुलुस गरेर बन्द हडताल गर्ने दिनको अन्त्य भएको जिकिर गर्नुभयो । झापाको दमकमा बिपी अध्ययन प्रतिष्ठान झापा र युथ नेटवर्कले आज आयोजना गरेको ‘राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व’ विषयक अन्तरसंवा...
अरुण तेस्रो आयोजना प्रदेश नं १ को समृद्धिको आधार

अरुण तेस्रो आयोजना प्रदेश नं १ को समृद्धिको आधार

संखुवासभा, २९ वैशाख । विद्युत् उत्पादनको एक तिहाइ क्षमता रहेको प्रदेश नं १ को समृद्धिको आधार विद्युत् नै हो, जसअन्तर्गत ९०० मेगावाट क्षमता रहेको अरुण तेस्रो विद्युत् उत्पादनका लागि एक मुख्य आयोजना हो । अरुण तेस्रो सञ्चालनमा आए प्रदेश नं १ को समृद्धि हुने देखिन्छ भने देशले समेत विद्युतीय क्षमतामा फड्को मार्ने धेरैले आँकलन गर्ने गरेका छन् । हालसम्म भएको विद्युत उत्पादनबाट अपुग भई अहिले भोग्नु परे...
धनकुटामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

धनकुटामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

धनकुटा, २९ बैशाख । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ तेमाङमा आज दिउँसो ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा को.१ त.२५१७ नम्बरको ट्याक्टरका चालक साँगुरीगढी–२ का २२ बर्षीय बिकेन्द्र भनिने चित्रमान लिम्बु छन् । बुढिमोरङबाट मुलघाटतर्फ आउँदै गरेको उक्त ट्याक्टर दिउँसो करिव ३ः२० बजे अनियन्त्रित भएर पल्टिँदा चालक लिम्बुको घटनास्थलमै मृत्यु भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले सं...
कानुन मिच्दै अरुण तेस्रोको शिलान्यास

कानुन मिच्दै अरुण तेस्रोको शिलान्यास

काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार साँझ काठमाडौंबाट अरुण तेस्रो जलविद्युत आयोजनाको भिडियो कन्फेरेन्समार्फत शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीको केही समयअघि सम्पन्न भारत भ्रमणका क्रममा दिल्लीबाटै शिलान्यास गर्ने भनिए पनि उक्त कार्य हुन पाएको थिएन । जलविद्युत ऐनअनुसार जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र उर्जा मन्त्रालयले दिने ...
सम्झौता भएको पाँच वर्षपछि अरुण तेस्रोको शिलान्याश

सम्झौता भएको पाँच वर्षपछि अरुण तेस्रोको शिलान्याश

काठमाडौँ, २८ वैशाख । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्याश गर्नुभएको छ । भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको सो आयोजनाको आज प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षीले ‘स्वीच अन’ गरेर शिलान्याश गर्नुभएको हो । शिलान्याश समारोहमा मन्त्रिप...
अलैँची किसान आधुनिक भट्टीतर्फ आकर्षित

अलैँची किसान आधुनिक भट्टीतर्फ आकर्षित

पाँचथर, २८ वैशाख। अलैँची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीतर्फ आकर्षित हुन थालेका छन् । अलैँची सुकाउन कम इन्धन चाहिने, समयको बचत हुने तथा सुकाइएको अलैँचीमा प्राकृतिक रङ र बास्ना हुने भएकाले किसान आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् । फालेलुङ गाउँपालिका–७ का जनकलाल राई आफूले जडान गरेको उन्नत भट्टी प्रभावकारी भएको भन्दै अन्य अलैँची कृषकलाई समेत त्यसको प्रयोग गर्न सुझाव दिएको बताउनुहुन्...
धनकुटामा बस दुर्घटना हुँदा १७ घाइते (घाइतेहरुको नामावलीसहित)

धनकुटामा बस दुर्घटना हुँदा १७ घाइते (घाइतेहरुको नामावलीसहित)

धनकुटा, २८ बैशाख। धनकुटा नगरपालिका–३ स्कुलडाँडामा आज यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन् । धरानबाट संखुवासभाको आँखिभूइ जाँदै गरेको को.१ ख.२५३० नम्बरको बस बिहान करिव सभा ११ बजे पल्टिएको हो । दुर्घटनामा परी १७ जना घाईते भएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन् । घाईतेहरुको धनकुटा जिल्ला अस्पताल र धरान स्थित वीपी कोईराला स्वास...
अपडेट: धनकुटामा बस पल्टिदा १७ घाइते

अपडेट: धनकुटामा बस पल्टिदा १७ घाइते

धनकुटा, २८ बैशाख । धनकुटा नगरपालिका–३ स्कुलडाँडामा आज यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन् । धरानबाट संखुवासभाको आँखिभूइ जाँदै गरेको को.१ ख.२५३० नम्बरको बस बिहान करिव सभा ११ बजे पल्टिएको हो । दुर्घटनामा परी १७ जना घाईते भएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन् । घाईतेहरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भईरहेको छ । बस ...
धनकुटाको स्कुलडाँडामा बस पल्टियो, घाईतेको उद्धार जारी

धनकुटाको स्कुलडाँडामा बस पल्टियो, घाईतेको उद्धार जारी

धनकुटा, २८ बैशाख । धनकुटा नगरपालिका–३ स्कुलडाँडामा आज यात्रुबाहक बस दुर्घटना भएको छ । धरानबाट संखुवासभाको आँखिभूई जाँदै गरेको को.१ ख.२५३० नम्बरको बस बिहान करिव सभा ११ बजे पल्टिएको हो । दुर्घटनामा परी करिव १५ जना घाईते भएको घटनास्थलबाट प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिए । ‘घाईतेको उद्धार गरेर अस्पताल पठाउँदैछौ ।’ एस्पी राजभण्डारीले संगालोकर्मीसँग भने ‘करिव १५ जना जत...
error: Content is protected !!