- भेषराज कटेल/संगालोखबर

धनकुटा, १ जेठ। ह्वीलचियर मार्फत बिश्वशान्ती यात्रामा निस्किएका तेजबहादुर कार्कीलाई धनकुटामा जिफन्ट आबद्ध महिलाहरुले सम्मान गरी आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

शान्तिकालागि बिश्व भ्रमणमा निस्किएका कार्कीलाई जिफन्ट र फाफुन सम्बद्ध श्रमिक महिलाहरुले बजारमा सहयोग संकलन गरी ३० हजार पाँच सय हस्तान्तरण गरेका हुन् ।

महिलाहरुले धनकुटा बजारमा सहयोग संकलन गरेका थिए । संकलित रकम मदनचौकमा कार्यक्रम गरी ह्वीलचियर यात्री कार्कीलाई हस्तान्तरण गरिएको हो ।

सहयोग रकम ग्रहण गर्दै ह्वीलचियर यात्री कार्कीले आफुले धनकुटामा निकै ठुलो सम्मान पाएको प्रतिक्रिया दिदै सबैलाई धन्यबाद ज्ञापन गरे ।

सो अवसरमा बोल्दै जिफन्ट अन्तर्गतको कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन) की जिल्ला अध्यक्ष सीता बस्नेतले श्रम क्षेत्रबाट अपाङ्गता भएर पनि उदाहरणिय काममा निश्किएका कार्कीलाई सहयोग गर्न पाँउदा खुसी लागेको बताईन् ।

ओखलढुंगा निवासी कार्की बसका चालक थिए । २०५७ सालमा धादिङको जोगिमारामा बस दुर्घटनामा परी उनले दुवै खुट्टा गुमाएका हुन् ।

त्यसपश्चात २०६१ सालदेखि ह्वीलचियर यात्री भएर विश्व भ्रमणमा निश्किएका उनले नेपालका ७२ जिल्लासंगै ३४ राष्ट्रको भ्रमण गरिसकेका छन् ।४ छोरा र २ छोरीका बाबु कार्कीलाई श्रीमती प्रेरणा मैनाली कार्कीले पदयात्रामा साथ दिएकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!