इटहरी, ३० वैशाख । ब्रिज एजुकेशनको आयोजना तथा मल्टिटेक युनिटको सहकार्य र ए एस इभेन्ट्सको एण्ड मार्केटिङको सहकार्यमा यही आउँदो जेठ ३ र ४ गते इटहरीमा बृहत् शैक्षिक मेला अर्थात् इष्ट नेपाल एजुकेशन फेयर आयोजना हुने भएको छ ।

Advertisement

उक्त कुरा शनिबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा शैक्षिक मेलाबाट इटहरी र यस आसपासका शिक्षासँग सम्बन्धित सरोकारवालाहरुले लाभ लिन सक्ने ए एस इभेन्ट्सका मार्केटिङका बजार निर्देशक अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

इटहरी तथा यस आसपासका उच्च शिक्षाका लागि सक्रिय कलेजहरु समेतको सहकार्यमा हुने यस बृहत् शैक्षिक मेलाबाट यस क्षेत्रका विद्यार्थी शिक्षक र अभिभावकले समेत शिक्षा क्षेत्रमा खोजेका नयाँ विषयमा अधिकतम सूचनासँगै आवश्यक शैक्षिक उपलब्धिसमेत प्राप्त गर्ने अवसर प्राप्त गर्ने बताइयो ।

शैक्षिक मेलामा कम्तीमा ३० वटा शैक्षिक ज्ञान हासिल गर्न सकिने स्टल हुने र पाँच हजार शिक्षासँग सम्बन्धित खोजकर्ताले अवलोकन गर्न सक्ने अनुमानसमेत गरेको आयोजक मध्येकी सबेरा श्रेष्ठको भनाइ रहेको छ ।

मेला अवधिमा इटहरी तथा आसपासका क्षेत्रका कलेजहरुका प्रोफेसर एवम् प्रधानाध्यापकसँग विशेष शैक्षिक परामर्श एवम् छलफलसमेत हुने भएकाले यस शैक्षिक मेलाबाट यसअघि प्राप्त नभएका शैक्षिक ज्ञानका विषयमा समेत नयाँ सोधखोज गर्न सहज हुने जानकारी दिइयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!