- संगालोखबर सम्वाददाता

धनकुटा, १ जेठ । नेपाल बिद्यार्थी संघले धनकुटा बहुमुखी क्याम्पसमा ‘बितण्डा’ मच्चाएको भन्दै अनेरास्वबियूले आपत्ती जनाएको छ ।नेबिसंघले क्याम्पसमा आगजनी र तोडफोड गरी निन्दनिय र अशोभनिय काम गरेको भन्दै अनेरास्वबियूले भत्सना गरेको हो ।

Advertisement

शैक्षिक सुधारका लागि राखेका माग संबोधनमा क्याम्पस प्रशासनले चासो नदेखाएको भन्दै नेबिसंघ संबद्ध बिद्यार्थीले गत आईतबार क्याम्पस प्रमुख निरञ्जन वस्तीको कुर्सीमा आजगनी गरी उनको कार्यकक्षका अन्य टेवल र कर्सी तोडफोड गरेका थिए ।

सोहि बिषयमा अनेरास्वबियू धनकुटा बहुमुखी क्याम्पस कमिटीले प्रेस बिज्ञप्ती जारी गर्दै उच्छिङखल काममा संलग्न नेबिसंघ संबद्ध बिद्यार्थीहरुलाई कारबाहीको मागसमेत गरेको छ ।

क्याम्पस कमिटी सह–सचिव शारदा रिजालद्वारा जारी बिज्ञप्तीमा नेबिसंघको नाममा क्याम्पसमा भर्नासमेत नभएका ब्यक्तीले क्याम्पसमा आगजनी र तोडफोड गरेको उल्लेख छ ।

वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न सकिने भएपनि नेबिसंघले देखाएको हर्कत गलत भएको बिज्ञप्तीमा उल्लेख छ ।

गलत हर्कत गर्नेलाई कारबाहीको दायरामा ल्याई स्वच्छ शैक्षिक वातावरण निर्माण गरी सवैले पढ्न पाउँने अधिकार सुनिश्चित गर्न अनेरास्वबियूले माग गरेको छ ।

 

यो पनि पढ्नुहोस्…

धनकुटा बहुमुखी क्याम्पस प्रमुखको कुर्सी बिद्यार्थीले जलाए, कार्यकक्ष पनि तोडफोड

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!