धनकुटा, २ जेठ । धनकुटाको निशान भगवती मन्दिरमा सञ्चालन हुँने ‘श्रीमद् देवी भागवत पुराण नवाह महायज्ञ’ को पूर्वसन्ध्यामा आज बिहान धनकुटा बजारमा कलश शोभायात्रा निकालिएको छ ।
निशान भगवती मन्दिरबाट सुरु भएको कलशयात्राले बजारका बिभिन्न भागको परिक्रमा गरेको छ ।
भीमसेनथान, वीचबजार, भीमनारायण चौक, माथ्लोकोप्चे, तल्लोकोप्चे, टुडिखेल हुँदै पुनः निशान मन्दिरमा आएर कलशयात्रा समापन भएको हो ।
हातमा कलश बोकेर सयौंको संख्यामा जिल्लाबासी झाँकी, ब्यानर र झण्डासहित कलशयात्रामा सहभागि थिए ।
निशान भगवती मन्दिरको प्रचारप्रशार र बिकासका लागि आजबाट जेठ १० गतेसम्म महायज्ञ सञ्चालन हुन लागेको हो ।
महायज्ञबाट उठेको भेटी मन्दिरको अक्षयकोषमा जम्मा गरिने महायज्ञ मुल समारोह समितिले जनाएको छ ।
थप तस्वीरहरु हेर्नुहोस्…
तस्वीरहरु : कोकिला भण्डारी/संगालोखबर