- संगालोखबर सम्वाददाता
दुर्घटना भएको ट्याक्टर ।

धनकुटा, २९ बैशाख । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ तेमाङमा आज दिउँसो ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा को.१ त.२५१७ नम्बरको ट्याक्टरका चालक साँगुरीगढी–२ का २२ बर्षीय बिकेन्द्र भनिने चित्रमान लिम्बु छन् ।

बुढिमोरङबाट मुलघाटतर्फ आउँदै गरेको उक्त ट्याक्टर दिउँसो करिव ३ः२० बजे अनियन्त्रित भएर पल्टिँदा चालक लिम्बुको घटनास्थलमै मृत्यु भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले संगालोखबरलाई जानकारी दिएका छन् ।

Advertisement

दुर्घटना भएको ट्याक्टर घटनास्थलमै छ । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!