संगालोखबर सम्वाददाता

धनकुटा, २९ बैशाख । महालक्ष्मी नगरपालिकाको जीतपुरमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

रोट¥याक्ट क्लव अफ धरान घोपा, रोटरी क्लव अफ धरान घोपा, वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान तथा एन.एम.एस.आर.ए.को संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

Advertisement

महालक्ष्मी नगरपालिका र गुम्वा फार्मेसीको सहयोगमा सञ्चालित शिविरमा याङपाङ, ढोडे, अर्खौले, मुर्तिढुंगा, लेगुवा लगायत स्थानबाट बिरामीहरु उपचारका लागि आएका थिए ।

शिविरमा करिव एक हजार बिरामीको स्वास्थ्य परिक्षण एवं उपचार गरिएको गुम्वा फार्मेसीका सुवास पौडेलले जानकारी दिएका छन् ।

शिविर उद्घाटनका क्रममा प्रदेश सांसद ईन्द्रमणी पराजुली, महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, उपमेयर मञ्जु अधिकारी, वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार तुलमान श्रेष्ठ लगायतले बोलेका थिए ।

शिविरका थप तस्वीरहरु हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!