धनकुटा, १ जेठ । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नर्सिङ संघ धनकुटाले महिलाको पाठेघरको निःशुल्क जाँच शिविर गरेको छ ।
रेडक्रस सोसाईटी महिला समितिको समन्वयमा गरिएको शिविरमा ४१ जनाको स्वास्थ्य परिक्षण गरिएको संघका अध्यक्ष सोनी सुवेदीले जानकारी दिइन् ।
जसमध्ये ३८ जनाको पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण र अन्यको भिडियो एक्सरे गरिएको हो ।
यस्तै दिवसको अवसरमा जिल्लाका नर्सिङ पेशामा सम्लग्नहरुले एकापसमा शुभकामना आदानप्रदान पनि गरेका छन् ।