पाँचथर, ३१ वैशाख । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन गरेको छ ।

Advertisement

सर्वसाधारणका लागि आठ लाख ४० हजार कित्ता शेयर निष्कासन गरिएको कम्पनीका प्रमुख कुवेरमणि नेपालले जानकारी दिनुभयो । शेयर वैशाख ३१ देखि जेठ ३ गतेसम्मका लागि खुल्ला गरिएको हो ।

सी आश्वामा आबद्ध बैंक तथा वित्तीय संस्थामार्फत यस कम्पनीको न्यूनतम ५० कित्ता तथा अधिकतम चार हजार २०० कित्ता शेयरका लागि निवेदन दिन सकिने उहाँले बताउनुभयो ।

डी म्याट खाता नभएका नागरिकले आफ्नो पायक पर्ने बैंक तथा वित्तीय संस्थामा डी म्याट खाता खोली सी आश्वामार्फत निवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!