- संगालोखबर सम्वाददाता

धनकुटा ३१, बैशाख । धनकुटालाई अपराधमुक्त जिल्ला बनाउन सीसीटीभीबाट निगरानी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय छलफलले सीसीटीभी जडान गर्ने निर्णय गरेको हो ।

Advertisement

जिल्लाका मुख्य–मुख्य सार्वजनिकस्थल, व्यापारिक प्रतिष्ठान र निजी आवासीय घरहरुमा पनि सीसीटीभी क्यामेरा जडान गर्न आवहन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए । सरोकारवाला निकायसँग समन्वय गरेर सीसीटीभी क्यामेरा जडान गरिनेछ ।

हाल सञ्चालनमा रहेका सीसीटीभी क्यामेराहरुलाई आगामी शुक्रवारसम्म जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन पनि प्रजिअ खनालले आग्रह गरेका छन् । जिल्लामा रहेका क्यामेराहरुको तथ्यांक राख्न प्रदेश नं. १ आन्तरिक मामला मन्त्रालयबाट आएको निर्देशन अनुसार यस्तो अनुरोध गरिएको होे ।

बरख गण सल्लेरीका सेनानि रामबहादुर कार्की, राष्ट्रिय अनुसन्धानका प्रमुख तुलसी कट्टेल, प्रहरी निरीक्षक आमोद खेरवार, शसस्त्र प्रहरी निरीक्षक देवराज विष्ट, उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ लगायत सरोकारवाला पक्षका प्रतिनिधि छलफलमा सहभागि थिए ।

छलफलमा सहभागिहरुले सीसीटीभीमार्फत अपराध न्यूनिकरणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!