- संगालोखबर सम्वाददाता

धनकुटा, २८ बैशाख। धनकुटा नगरपालिका–३ स्कुलडाँडामा आज यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन् । धरानबाट संखुवासभाको आँखिभूइ जाँदै गरेको को.१ ख.२५३० नम्बरको बस बिहान करिव सभा ११ बजे पल्टिएको हो ।

Advertisement

दुर्घटनामा परी १७ जना घाईते भएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन् । घाईतेहरुको धनकुटा जिल्ला अस्पताल र धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

धनकुटामा उपचार हुन नसकेपछि तीन जना घाइतेलाई थप उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको हो । १४ जना घाईतेको धनकुटा जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

अधिकांस घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात चालक फरार छन् । बस सडकबाट करिव २० मिटर तल खसेको छ ।

बिपरित दिसाबाट आएको गाडीलाई ‘साईड’ दिने क्रममा बस सडकबाट तल पल्टिएको प्रहरीको अनुमान छ ।

घाइतेको नामावली:

१) संखुवासभा धर्मदेवी नगरपालिका–८ का ४३ बर्षीय धनबहादुर जिमी ।

२) संखुवासभा धर्मदेवी नगरपालिका–८ का ४५ बर्षीय चुमबहादुर जिमी ।

३) संखुवासभा धर्मदेवी नगरपालिका–८ का १९ बर्षीया बिमला कार्की ।

४) संखुवासभा धर्मदेवी नगरपालिका–८ का ६७ बर्षीय अम्मरबहादुर कार्की ।

५) संखुवासभा धर्मदेवी नगरपालिका–८ का १६ बर्षीय अमृतकुमार नेपाल ।

६) धनकुटा नगरपालिका–५ का १५ बर्षीय दिस्ती श्रेष्ठ ।

७) पाख्रीवास नगरपालिका–१० का ४६ बर्षीय पदमबहादुर राई ।

८) धरान–१५ का २१ बर्षीय सुनिल भुजेल ।

९) धनकुटा खोकुका १९ बर्षीया सजना राई ।

१०) ईटहरी–७ का ३८ बर्षीय अन्जु बस्नेत ।

११) पाख्रीवास नगरपालिका–४ का ८० बर्षीय गाणेशबहादुर बस्नेत ।

१२) धनकुटा नगरपालिका–५ का २७ बर्षीय निलम श्रेष्ठ ।

१३) धनकुटा नगरपालिका–७ का ४४ बर्षीय जगत राई ।

१४) संखुवासभा धर्मदेवी नगरपालिका–९ का १३ बर्षीय संखर खड्का ।

१५) धनकुटा नगरपालिका–५ का ४७ बर्षीय किरण मास्के ।

१६) धनकुटा नगरपालिका–७ का ७० बर्षीय चन्द्रबहादुर तामाङ ।

१७) धनकुटा नगरपालिका–५ का ११ महिनाका रुक्सन श्रेष्ठ ।

यसअघि प्रकाशित समाचारहरु हेर्नुहोस्…

अपडेट: धनकुटामा बस पल्टिदा १७ घाइते

 

धनकुटाको स्कुलडाँडामा बस पल्टियो, घाईतेको उद्धार जारी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!