- संगालोखबर सम्वाददाता

धनकुटा, १ जेठ । धनकुटामा ठुलो पर्दाको चलचित्र ‘गोल’ को छायांकन सुरु भएको छ । भीम लामाको कथा निर्देशन तथा यम गुरुङ र अविरल भट्टराई निर्माता रहेको सो चलचित्रमा समाजमा विद्यमान विभेदजन्य घटना विरुद्ध सचेतना गर्ने प्रयास गरिएको निर्देशक लामाले बताए ।

प्रेम र हास्य प्रदान उक्त चलचित्रको ८० प्रतिशत छायांकन धनकुटाको कागते, हिले, पाख्रीबास लगायतका क्षेत्रमा गरिने भएको छ । यसैगरी सुनसरीको धरान, इटहरी लगायतका स्थानमा पनि छायांकन गरिने छ ।

आगामी चार महिनामा छायांकन कार्य सकेर दशैंको कोसेलीको रुपमा मुलुकभर एकै पटक प्रदर्शन गरिने निर्माता यम गुरुङले जानकारी दिए । पहिलो चरणमा विदेशमा रहेका नेपालीका लागि चलचित्र प्रदर्शन गरिने छ ।

बेलायत, जर्मन, हङकङ, अष्टे«लिया, कतार, मलेसियामा पहिलो चरण र दोस्रो चरणमा दशैं अगाडी नेपालमा प्रदर्शन गरिने निर्माता गुरुङले बताए ।

त्रिकोणात्मक प्रेम कथा रहेको चलचित्रमा नायक किशोर खतिवडा र सुवर्ण कार्की छन् भने अभिनेत्री सविना कार्की रहेकी छिन् ।

यसैगरी सुरवीर पण्डीत, दमन रुपाखेती, आइपी भट्टराई, बुद्धि तामाङ, श्रीकृष्ण लुईटेल, रेनु पौड्याल, जोगमाया लुम्बा लगायत कलाकारको भूमिका रहने छ ।

६० लाख रुपैयॉको लगानी रहेको चलचित्रको अधिकांस छायांकन दलित समुदायको ग्रामिण वस्तिलाई केन्द्रीत गरिने जनाईएको छ ।

थप तस्वीरहरु हेर्नुहोस्..

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!