प्रदेश नम्बर १ को नाम ‘किरात राज्य’ हुन सक्ने मुख्यमन्त्रीको संकेत
सुनसरी, ६ जेठ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम किरात राज्य हुन सक्ने संकेत गर्नु भएको छ । तथ्य तर्क र ऐतिहासिक आधारहरु भएका कारण पनि प्रदेश १ नाम किरात हुँदा कसैले आपत्ति मान्न नहुने मुख्यमन्त्री राईको तर्क थियो ।
धरान १७ स्थित साकेला पार्कमा शनिबार आयोजित साकेलाको समापन कार्यक्रममा मुख्य मन्त्री राईले किरात राई यायोख्खाले अघि सारेको किरात प्रदेशको प्रस्तावमा प्रशस्तै आ...





























