स्थानीयवासीको अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग निर्माण ठप्प

स्थानीयवासीको अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग निर्माण ठप्प

ताप्लेजुङ, ६ जेठ । स्थानीयवासीको अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग आयोजना अन्तर्गतको सडक निर्माण केही दिनदेखि रोकिएको छ । फक्ताङलुङ गाउँपालिका–६ लेलेपका केही व्यक्तिले अवरोध गरेका कारण मंगलबारदेखि सडक निर्माणको कार्य रोकिएको हो । यसअघि बस्ती नै जोखिममा पर्ने भन्दै निवेदन गरेका उनीहरुले अहिले फेरि लेलेपको बस्तीतर्फ घुमाएर लानुपर्ने भन्दै काममा अवरोध गरेको बताइएको छ । यसअघि बस्तीबाट बाटो घुमाउँ...
विद्यार्थीको चाप बढेपछि सरकारी विद्यालयमा विद्यार्थी भर्ना बन्द

विद्यार्थीको चाप बढेपछि सरकारी विद्यालयमा विद्यार्थी भर्ना बन्द

गाईघाट, उदयपुर, ६ जेठ । केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित हुने गरेका थिए । तर अहिले त्यसको ठीक उल्टो अभिभावक निजी विद्यालय छाडेर सरकारीतिर आकर्षित हुन थालेको एउटा उदाहरणका रुपमा रहेको सरकारी विद्यालय मध्येको एक उदयपुरको त्रियुगा उच्चमाध्यमिक विद्यालय बन्न पुगेको छ । पाँच वर्षअघिदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन हुँ...
विराटनगरको भारतीय फिल्ड अफिस हट्छः प्रधानमन्त्री ओली

विराटनगरको भारतीय फिल्ड अफिस हट्छः प्रधानमन्त्री ओली

काठमाडौं,६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका छन् । ‘विराटनगरको भारतीय फिल्ड अफिस जुन उद्देश्यका लागि बनाइएको थियो, त्यो पूरा भइसकेको छ,’ पार्टी एकीकरणपछि संसदीय दलको पहिलो बैठकलाई शनिबार सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले भने, ‘खासमा त्यो अफिस पहिला नै हट्नुपर्दथ्यो, अब छिट्टै हट्छ । ’प्रधानमन्त्री ओलीले १९५० को सन...
सामुदायिक बन उपभोक्ता महासंघ साँगुरीगढीको अध्यक्षमा राई निर्वाचित

सामुदायिक बन उपभोक्ता महासंघ साँगुरीगढीको अध्यक्षमा राई निर्वाचित

धनकुटा, ५ जेठ । सामुदायिक बन उपभोक्ता महासंघ साँगुरीगढी गाँउ महासंघको अध्यक्षमा रामु राई चयन भएका छन् । भेडेटारमा शनिवार भएको प्रथम अधिबेशनले राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा पुनम लिम्बु, महासचिवमा बिपना याखा, सचिवमा शान्ति बि.क. र कोषाध्यक्षमा जिरन लिम्बु चयन भएका छन् । नव गठित समितिको सदस्यमा गौरीगंगा लिम्बु, लोक बहादुर चेम्जोङ, लक्ष्मीप्रसाद राई, रन्जिता बस्...
धनकुटामा चुवाको बोट ग्रीन पार्क उद्घाटन, पार्कले पर्यटक आकर्षित गर्ने अपेक्षा

धनकुटामा चुवाको बोट ग्रीन पार्क उद्घाटन, पार्कले पर्यटक आकर्षित गर्ने अपेक्षा

धनकुटा, ५ जेठ । धनकुटा नगरपालिका–७ हुलाकटोलमा निर्मित चुवाको बोट ग्रीन पार्कको शनिबार उद्घाटन गरिएको छ । धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले एक कार्यक्रमबीच पार्क उद्घाटन गरेका हुन् । पार्क उद्घाटन गर्दै नगर प्रमुख तामाङले धनकुटा नगरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन लागिपर्ने बताएका छन् । ‘धनकुटालाई पर्यटकीय गहना बनाउन यो सुरुवाती चरण हो ।’ उनले भने, ‘अ...
गैसस महासंघ धनकुटाको अध्यक्षमा सुवेदी निर्वाचित

गैसस महासंघ धनकुटाको अध्यक्षमा सुवेदी निर्वाचित

धनकुटा, ५ जेठ । गैरसरकारी सस्था महासंघ धनकुटाको अध्यक्षमा मिनप्रसाद सुवेदी निर्वाचित भएका छन् । आज सम्पन्न ८ औं जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा संगिता चापागाई, सचिवमा सरोजकुमार भुजेल, कोषाध्यक्षमा रेणुका कार्की र सह–सचिवमा हेममाया मादेन चयन भएका छन् । त्यस्तैगरी सदस्यमा टीका दर्नाल, सुर्यकला खनाल, भगवती कार्की, चन्द्र थापा र पदेन...
बिपन्न विरामीको दर्विलो सहारा बन्दै नोबेल अस्पताल

बिपन्न विरामीको दर्विलो सहारा बन्दै नोबेल अस्पताल

बिराटनगर, ५ जेठ । बाल्यावस्थामै धेरैवटा रोगले सताएका छोराको उपचार गर्ने पैसा नहुँदा समस्यामा रहेकी पाँचथर फिदिमकी डिकमाँया तामाङले यो समस्याबाट अहिले छुटकारा पाएकी छन् । बिपन्न बिरामीलाई उपचारमा सघाउँदै आएको बिराटनगरको नोबेल शिक्षण अस्पतालले १८ महिनाका छोरा सनिस तामाङको निःशुल्क उपचार गरेपछि तामाङ परिवारको यो समस्या समाधान भएको हो । क्षयरोग, निमोनिया र फोक्सोमा पानी जमेको समस्याका कारण सनिस बाल्...
धनकुटामा पक्राउ परेका नेकपाका कार्यकर्ता रिहाईको माग

धनकुटामा पक्राउ परेका नेकपाका कार्यकर्ता रिहाईको माग

धनकुटा, ५ जेठ। नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धनकुटामा पक्राउ परेका आफ्ना कार्यकर्ता तत्काल रिहाईको माग गरेको छ । नेकपा धनकुटाका कार्यालय सचिव बिशालले प्रेस बिज्ञप्ती जारी गर्दै रिहाई नभए संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् । गत बैशाख ३० गते गरिएको बन्दका क्रममा रुद्रवारीमा प्रहरीको गाडीमाथि ढुंगा प्रहार गरेको आरोपमा जेठ २ गते नेकपाका जिल्ला सदस्य बिज्ञान भनिन...
मोटरसाइकल दुर्घटनामा मृत्यु

मोटरसाइकल दुर्घटनामा मृत्यु

उर्लाबारी, मोरङ, ५ जेठ। उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटनामा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । राति १२ बजे नगरपालिका–१ स्थित कान्छी चोकमा अत्यधिक गतिमा रहेको को २८ प ८३९२ नंको मोटरसाइकल अनियन्त्रित भई सडक किनारका रूखमा ठोक्किँदा पछाडि सवार धिमालको मृत्यु भएको र घाइते मोटरसाइकल चालक सोह...
धनकुटाका नयाँ एसपीको ध्यान फरार अभियुक्तमा

धनकुटाका नयाँ एसपीको ध्यान फरार अभियुक्तमा

धनकुटा, ४ जेठ । जिल्ला प्रहरी कार्यालय धनकुटामा भर्खरै सरुवा भएर आएका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले फरार अभियुक्त पक्राउ गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । जिल्लामा क्रियाशिल पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख गुरुङले फरार अभियुक्तहरु पक्राउ गर्ने कामलाई आफुले पहिलो प्राथमिकता दिने बताएका हुन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार फरार अभ...
मःमः बेचेर मासिक तीस हजार बचत

मःमः बेचेर मासिक तीस हजार बचत

सुरुङ्गा, झापा, ४ जेठ । भद्रपुर नगरपालिका– ६ का सन्देश रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थाल्नुभएको हो । रिजालले दुई वर्षदेखि मःमः यहाँका विभिन्न बजारमा बिक्री गर्दैआउनुभएको छ । मःमः व्यवसाय शुरु गर्नुभएका रिजाल अहिले पनि कनकाई क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत हुनुहुन्छ । पढ्दा पढ्दै कोरिया जान दुई पटकसम्म इपिएस परीक्षा दिनुभएका उहाँ दुबैप...
नेपालमा १२ विपद: वर्षेनी ८९० जनाको मृत्यु, एक अर्बको क्षति

नेपालमा १२ विपद: वर्षेनी ८९० जनाको मृत्यु, एक अर्बको क्षति

झापा, ४ जेठ । नेपालमा वर्र्षेनी आउने प्राकृतिक विपत्तिका कारण सयौंको ज्यान जाने गरेको छ । विपत्तिकै कारण वर्र्षेनी करीब डेढ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । नेपालमा वर्र्षेनी ८९० जनाको मृत्यु र एक हजार ७७१ जना घाइते हुने गरेको एसियाली विपद् पूर्व तयारी केन्द्र (एडिपिसी)का नेपाल प्रमुख मानबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्राकृतिक विपत्तिकै कारण वर्र्षेनी रु एक अर्ब ३१ करोड ...
भारतीय दूतावास अगाडि बम विष्फोटको घटनामा थप एक पक्राउ

भारतीय दूतावास अगाडि बम विष्फोटको घटनामा थप एक पक्राउ

विराटनगर, ४ जेठ। विराटनगर–१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ । मोरङको बूढीगंगा गाउँपालिका–२ बस्ने ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई विराटनगर–१५ स्थित छाला उद्योग अगाडिबाट पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालत मोरङमा बिहीबार पेश गरि...
धनकुटामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

धनकुटामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

धनकुटा, ४ जेठ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । जंगलमा चोरी शिकार गर्दै हिडेका स्थानीय ३४ बर्षीय फौदासिङ मगर र ३५ बर्षीय लाल बहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले उनीहरुलाई बिहिबार राति नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट लोड भएको भरुवा बन्दुक पनि बरामद भएको छ । अनुसन्...
बैंकको पहुँचमा सबै नागरिक पुग्नुपर्नेमा जोड

बैंकको पहुँचमा सबै नागरिक पुग्नुपर्नेमा जोड

इनरुवा, ४ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर चिन्तामणि सिवाकोटीले बैंकको पहुँचमा सबै नागरिक पुग्नुपर्नेमा जोड दिनुभएको छ । सुनसरीको दुहबी नगरपालिकामा बिहीबार फरवार्ड कम्युनिष्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, दुहबीको पाँचौँ वार्षिक उत्सव कार्यक्रममा बोल्नुहँुदै सिवाकोटीले सो कुरा बताउनुभएको हो । बैंकमा बचत र ऋणको कारोबारसँगै पूँजीको समेत सुरक्षा हुने भएकाले बैंकमा सबैको पहँुच हुनु आवश्य...
घरघरमै धारा जडान भएपछि स्थानीय हर्षित

घरघरमै धारा जडान भएपछि स्थानीय हर्षित

पाँचथर, ४ जेठ। पाँचथरको फिदिम नगरपालिका–११ स्थित डाँडागाउँमा घरघरमा धारा निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । त्यस वडामा रहेका ६९ घरधुरीका प्रत्येक घरमा धारा निर्माण भएपछि स्थानीय हर्षित भएका हुन् । यस्तै एउटा मुहान र चारवटा बिपी ट्यांकी निर्माण गरिएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन बोर्ड) तथा हुसाडेक नेपालको रु ३६ लाख ५० हजार आर्थिक सहयोग, तथा स्थानीयको ...
जब भ्यासेक्टोमी शिविरमा सेवाग्राही नै आएनन्

जब भ्यासेक्टोमी शिविरमा सेवाग्राही नै आएनन्

तेह्रथुम, ४ जेठ । जिल्ला अस्पताल तेह्रथुमका प्रमुख डा मुक्तिनारायण शाहसहितको स्वास्थ्यकर्मीको टोली पुरुष स्थायी बन्ध्याकरण शिविरका लागि बुधबार आठराई गाउँपालिकाको संक्रान्तिबजार पुग्यो । सोही टोली बिहीबार फेदाप गाउँपालिकामा पनि शिविर सञ्चालनका लागि उपस्थित भयो । तर दुवै स्थानमा पुरुष स्थायी बन्ध्याकरणका लागि सेवाग्राही नआएपछि टोली रित्तै फर्किएको छ । फेदाप गाउँपालिकाको सिम्लेस्थित स्वास्थ्य चौक...
पार्टी एकीकरणको खुशीयालीमा धनकुटामा यसरी गरियो दिपावली (फोटो फिचरसहित)

पार्टी एकीकरणको खुशीयालीमा धनकुटामा यसरी गरियो दिपावली (फोटो फिचरसहित)

धनकुटा, ३ जेठ । नेकपा एमाले र माओवादी केन्द्रवीच पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी बनेपछि धनकुटामा बिहिबार साँझ दिपावली गरिएको छ । दुई ठुला कम्युनिष्ट घटक पार्टी मिलेर सिंगो कम्युनिष्ट पार्टी बनेको खुशीयालीमा स्थानीय मनदचौकमा दिपावली गरिएको हो । दुवै पार्टी निकट नेता कार्यकर्ताहरुले एकापसमा खुशी साटासाट गरी दिप प्रज्ज्वलन गरेका हुन् । सडकमा नेपालको नक्सा बनाई त्यसभित्र ने.क.पा. लेखेर व...
नोबेलमा निःशुल्क रक्तचाप परिक्षण र प्रभातफेरी

नोबेलमा निःशुल्क रक्तचाप परिक्षण र प्रभातफेरी

बिराटनगर, ३ जेठ । विश्व उच्च रक्तचाप दिवसको अवसर पारेर आज नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले निःशुल्क रक्तचाप परिक्षण र प्रभातफेरी गरेको छ । दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको हो । ठुलो मिल चौकबाट सुरु भएको प्रभातफेरी तिनपैनी हुँदै पुनः सोहि स्थानमा आएर समापन भएको थियो । प्रभातफेरीमा ब्यानर र प्लेकार्डसहित स्वास्थ्यकर्मी, कर्मचारी र बिद्यार्थी सहभागि थिए । कार्यक्रममा नोबेल अस्पताल...
धनकुटामा श्रीमानले गरे आफ्नै श्रीमतिको हत्या

धनकुटामा श्रीमानले गरे आफ्नै श्रीमतिको हत्या

धनकुटा, ३ जेठ । धनकुटाको साँगुरीगढी गाउँपालिकामा आज श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन् । साँगुरीगढी गाउँपालिका–५ वेगनाका ४६ बर्षीय कमलप्रसाद लिम्बुले उनकै श्रीमति ४५ बर्षीया गोपीमाया लिम्बुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनले बिहान करिव ८ बजे घरको आँगनमा श्रीमतिलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको घटनास्थलमा खटिएका धनकुटाका प्रहरी निरीक्षक आमोद खेरवारले संग...
संविधान संशोधनको ग्यारेन्टी भएमा सरकारमा सहभागी हुने अध्यक्ष यादवको भनाइ

संविधान संशोधनको ग्यारेन्टी भएमा सरकारमा सहभागी हुने अध्यक्ष यादवको भनाइ

विराटनगर, ३ जेठ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने ग्यारन्टी भएमा फोरम नेपाल सरकारमा सहभागी हुने बताउनु भएको छ । विराटनगरमा सो पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधन, सरकारमा पार्टीको भूमिका तथा संघीयता कार्यान्वयन जस्ता मुद्दा सम्बोधन भएमा मात्र सरकारमा सहभागी हुने स्पष्ट पार्नुभयो । संविधानलाई मधेशी, आदिवासी जनजाति सबैको सर्व...
अवैध लागुऔषधसहित दुई पक्राउ

अवैध लागुऔषधसहित दुई पक्राउ

इटहरी, ३ जेठ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१० स्थित नहरचोकमा सवारी साधन जाँच गर्ने क्रममा भारतबाट सुनसरीतिर ल्याइँदै गरेको ठूलो परिमाणमा अवैध लागुऔषधसहित दुईजना आयातकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । गएराति २५ प ६४८८ नंको कालो पल्सर मोटरसाइकलमा ४३५० क्याप्सुल स्पास्मो प्रोक्सिभन र १०० एमएलको ५० बोतल डाइले्रक्स नामक लागुऔषधसहित धरान उपमहानगरपालिका–८...
निशान मन्दिरको महायज्ञमा पहिलो दिननै करिव ५ लाख सहयोग संकलन (भिडियोसहित)

निशान मन्दिरको महायज्ञमा पहिलो दिननै करिव ५ लाख सहयोग संकलन (भिडियोसहित)

धनकुटा, २ बैशाख । धनकुटाको निशान भगवती मन्दिरमा बुधवारदेखि श्रीमद् देवी भागवत पुराण नवाह महायज्ञ सुरु भएको छ । निशान मन्दिरको प्रचारप्रशार गरी मन्दिरको अक्षयकोष बढाउँने उदेश्यले जेठ १० गतेसम्म महायज्ञ आयोजना गरिएको हो । प्रथम जगत गुरु बालसन्त मोहनसरण देवले पानसमा बत्ती बालेर र कायम मुकायम प्रधानसेनापति पूर्णचन्द्र थापाले निशानको झण्डा खोलेर महायज्ञको उद्घाटन गरेका छन् । महायज्ञमा पंण्डित दिनबन...
धनकुटामा फरक क्षमता भएका विद्यार्थीलाई युवासंघको सहयोग (फोटो फिचरसहित)

धनकुटामा फरक क्षमता भएका विद्यार्थीलाई युवासंघको सहयोग (फोटो फिचरसहित)

धनकुटा, २ जेठ । युवा संघ नेपालको २८ औँ स्थापना दिवस पारेर जिल्ला युवा संघ धनकुटाले फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । धनकुटाको छारागाँउमा रहेको मार्गेश्वरी प्राथमिक विद्यालयमा अध्ययनरत १८ जना फरक क्षमता भएका विद्यार्थीसहित अन्य बिद्यार्थीलाईसमेत शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यार्थीहरुलाई कपि, कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको युवा संघका जिल्ला सचिव कमल ...
धनकुटामा प्रहरीको गाडीलाई ढुंगा हानेको अभियोगमा नेकपाका जिल्ला सदस्य पक्राउ

धनकुटामा प्रहरीको गाडीलाई ढुंगा हानेको अभियोगमा नेकपाका जिल्ला सदस्य पक्राउ

धनकुटा, २ जेठ। धनकुटामा प्रहरीको गाडीमाथि ढुंगा प्रहार गरेको अभियोगमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य पक्राउ परेका छन् । नेकपाका जिल्ला सदस्य विज्ञान भनिने मोहन ओझालाई धनकुटा बजारबाट बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत बैशाख ३० गते नेपाल बन्दका क्रममा रुद्रवारीमा प्रहरीको गाडीमाथि ढुंगा प्रहार भएको थियो । सोहि घटनामा संलग्न भएको अभियोगमा उनलाई पक्राउ गरिएको धनक...
तीनजुरे मिडिया ग्रुपद्वारा दुई महिलालाई सहयोग

तीनजुरे मिडिया ग्रुपद्वारा दुई महिलालाई सहयोग

तेह्रथुम, २ जेठ । तीनजुरे मिडिया ग्रुपले स्वास्थ्यमा समस्या भएका दुई महिलालाई आर्थिक सहयोग गरेको छ। पीडितलाइ सहयोग गर्ने कार्यक्रम अन्तर्गत पेटमा समस्या भएकी संखुवासभा चैनपुर ७ कि रूपा रम्तेल र मृगौला पीडित सभापोखरी गाउपालिका ६ की कविता बिकलाइ आर्थिक सहयोग गरिएको हो । ग्रुपमा रहेर प्रवासमा भएका सदस्यवाट संकलित ३० हजार मध्ये प्रति व्यक्ति पन्ध्र/पन्ध्र हजार रुपैया प्रदान गरिएको हो। उक्त रकम खाँ...
दिलुङटारका बालबालिका जोखिम मोलेर स्कुल जाँन बाध्य, तमोरमा खस्ने त्रास

दिलुङटारका बालबालिका जोखिम मोलेर स्कुल जाँन बाध्य, तमोरमा खस्ने त्रास

छिन्ताङ, २ जेठ । धनकुटाको साँगुरीगढी गाउँपालिकाको दिलुङटारका बालबालिकाहरु कष्टपूर्ण यात्रा गरेर बिद्यालय जान वाध्य छन् । दिलुङटारमा प्राथमिक तहसम्म मात्र बिद्यालय भएकाले शहिदभूमी गाउँपालिकाको आदर्श माध्यमिक बिद्यालय जानुपर्ने बाध्यता छ । तर, बाटोमा गएको सुख्खा पहिरोका कारण बालबालिका जोखिम मोलेर स्कुल जान बाध्य बनेका हुन् । साँगुरीगढी गाउँपालिकाले दिलुङटारदेखि सानो सफाइसम्म सडक बनाएको भएपनि मा...
एउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

एउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

बनियानी, झापा, २ जेठ । पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ । कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरिरहनुभएको छ । उहाँले प्रगति बोयर बाख्रापालन केन्द्र सञ्चालन गरेर उन्नत जातका बाख्रा पाल्नुभएको छ । हाल उहाँको फर्ममा १३७ वटा बाख्रा छन् । दक्षिण अफ्रिकाबाट बोयर जातको बीउ बाख्रा ल्याएका स्...
मन्त्री आङवोलाई रंगशाला समितिको ज्ञापन

मन्त्री आङवोलाई रंगशाला समितिको ज्ञापन

दमक, २ जेठ । झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रंगशाला तथा स्मृति पार्क प्रतिष्ठानले सुविधासम्पन्न रंगशालासहित स्मृति पार्क निर्माणका लागि प्रदेश सरकारसँग सहयोगको माग गरेको छ । प्रतिष्ठानको नेतृत्व टोलीले मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोलाई भेटेर रंगशालाको भोगाधिकारसहित बजेटको माग गरेको हो । मन्त्री आङ्वोलाई प्रतिष्ठानका तर्फबाट अध्यक्ष हुकुमसिंह राईले ज्ञापनपत्र बु...
धनकुटामा यस्तो देखियो महायज्ञको कलशयात्रा (फोटो फिचरसहित)

धनकुटामा यस्तो देखियो महायज्ञको कलशयात्रा (फोटो फिचरसहित)

धनकुटा, २ जेठ । धनकुटाको निशान भगवती मन्दिरमा सञ्चालन हुँने ‘श्रीमद् देवी भागवत पुराण नवाह महायज्ञ’ को पूर्वसन्ध्यामा आज बिहान धनकुटा बजारमा कलश शोभायात्रा निकालिएको छ । निशान भगवती मन्दिरबाट सुरु भएको कलशयात्राले बजारका बिभिन्न भागको परिक्रमा गरेको छ । भीमसेनथान, वीचबजार, भीमनारायण चौक, माथ्लोकोप्चे, तल्लोकोप्चे, टुडिखेल हुँदै पुनः निशान मन्दिरमा आएर कलशयात्रा समापन भएको हो । हातमा कलश बोकेर...
मकालु हिमाल आरोहणका क्रममा गाइडको मृत्यु

मकालु हिमाल आरोहणका क्रममा गाइडको मृत्यु

सल्लेरी, सोलुखुम्बु, १ जेठ । मकालु हिमाल आरोहणका क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका आङ दावा शेर्पा रहेको छ । आरोहणको क्रममा उनलाई लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार शेर्पाको आज बिहान २ बजेतिर लेक लागेर मृत्यु भएको हो । उनी चिनियाँ ग्रुप लिएर...
error: Content is protected !!