बेलबारीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
मोरङ, २१ असार । बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ६४३५ नंको बसले विपरीत दिशातर्फ जाँदै गरेको को२७प ४१६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक सुनसरी, इटहरी–१ बस्ने ३८ वर्षीय खगेन्द्र तामाङ र पछाडि सवार भोजपुर, पौवादुम्मा–५ घर भई हाल मोरङ, उर्लाबारी–३ मा बसोबास गर्दै आएका ३३ वर्षीय ...





























