धनकुटाका पाँच जना युवा प्रतिभा पुरस्कृत

धनकुटाका पाँच जना युवा प्रतिभा पुरस्कृत

धनकुटा, २० असार । धनकुटाका पाँच जना युवा प्रतिभालाई बुधबार सम्मानित एवं पुरस्कृत गरिएको छ । जिल्ला युवा समितिले युवा प्रतिभाको खोजि गरी उनीहरुको कामलाई प्रोत्साहनका लागि पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा विज्ञान तथा प्रविधीतर्फ सहिदभूमिका कोखमान राई र साँगुरीगढीका सन्देश घिमिरे छन् । खेल क्षेत्र तर्फ धनकुटा–१ की सुनिता तामाङ, धनकुटा–३ का खेमराज थापा र उद्यमी तर्फ धनकुटा–६ की जुना घिमिरेलाई सम्म...
धनकुटाको महालक्ष्मीमा ट्रिफर दुर्घटना

धनकुटाको महालक्ष्मीमा ट्रिफर दुर्घटना

धनकुटा, २० असार । धनकुटाको महालक्ष्मी नगरपालिका–७ काफ्लेमा आज बिहान ट्रिफर दुर्घटना हुँदा एक जना घाईते भएका छन् । सडक निर्माण सामाग्री बोकेर भञ्ज्याङबाट जीतपुरतर्फ जाँदै गरेको को.१.ख ४४२८ नम्बरको ट्रिफर सडकबाट पल्टिएको हो । दुर्घटनामा परी ट्रिफरमा सवार स्थानीय ४० बर्षीया सकुमाया मग्रान्ति घाईते भएकी छन् । उनको स्थानीय स्वास्थ्य सस्थामा उपचार भईरहेको छ । चालक र सह-चालकलाई भने सामान्न चोट लागेको ...
धनकुटामा बिधुत महशुल नबुझाउँने ४ सय भन्दा बढीको लाईन काटियो

धनकुटामा बिधुत महशुल नबुझाउँने ४ सय भन्दा बढीको लाईन काटियो

धनकुटा, २० असार । धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि लाइन काट्न थालिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा बक्यौता रहेको एक करोड १७ लाख ४४ हजार महशुल नबुझाएकाले विद्युत् लाइन काट्न थालिएको नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाका प्रमुख पवनकुमार शाहले बताए । विद्युत् महशुल नबुझाएको भन्दै जिल्लामा कूल ४०७ ग्राहकको लाइन काटिएको छ । धनकुटा नगरपालिकासहित शाखाको कालो...
ओखलढुङ्गामा चालक नभएका वेला जीप आफै गुडेर दुर्घटना, दुईको मृत्यु, तीन घाइते

ओखलढुङ्गामा चालक नभएका वेला जीप आफै गुडेर दुर्घटना, दुईको मृत्यु, तीन घाइते

ओखलढुङ्गा, २० असार । ओखलढुंगामा बुधबार बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३ जना गंभीर घाईते भएका छन् । सुनकोसी गाउँपालिकाको मूलखर्कवाट सदरमुकाम जाँदै गरेको बा. १५ च ८८४३ नम्बरको जीप च्यानमको भालदिपमा दुर्घटना भएको हो ।मृतक एकको घटनास्थलमा नै र एक जनाको उपचारका लागि ओखलढुङ्गा तर्फ ल्याईदै गर्दा बाटैमा मृत्यु भएको हो । मृतकको सनाखत हुँन सकेको छैन । जीप सडकवाट करीब ३ सय मिटर तल खसेक...
पूर्व–पश्चिम राजमार्गमा पर्ने महुली पुल भासियो

पूर्व–पश्चिम राजमार्गमा पर्ने महुली पुल भासियो

सप्तरी, २० असार । लगातारको बर्षापछि खोलामा आएको बाढीका कारण सप्तरीको महुली पुल भासिएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने महुली पुल भासिएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए । उनका अनुसार अग्निसाइर कृष्णासावरण गाउँपालिकामा रहेको पुल करिव ५० मिटर भासिएको छ । पुल भासिए पनि सवारी अावागमन भने यथावत भइरहेका छन् । एसपी सिंहले भाँसिएकाे पुलकाे दक्षिणतिरबाट सवारी पास गराइएको बत...
ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

लहान, २० असार । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराति ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ३ ख ३३२५ नंको मालबाहक ट्रकमा सोही दिशाबाट आएको को ९ प ७८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका–९, रुपनगर निवासी १७ वर्षीय किसन यादवको घटनास्थलमै म...
महाभारतमा पहिरोका कारण सडक अवरुद्ध

महाभारतमा पहिरोका कारण सडक अवरुद्ध

साँगुरीगढी, १९ असार । अबिरल बर्षाका कारण झरेको पहिरोले सडक पुरेपछि महाभारत–भेडेटार ग्रामिण सडक अवरुद्ध भएको छ । चार दिनदेखिको बर्षाका कारण साँगुरिगढी–६ स्थित भेडेटार नजिकको जङ्गलमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरोले करिब एक सय मिटर सडक पुरिएको स्थानीय जगत राईले जानकारी दिए । सडक अवरुद्ध भएपछि गाउँमा उत्पादित कृषिजन्य बस्तु निर्यात र दैनिक उपभोग्य बस्तु आयातमा समस्या भएको छ । किसानले ...
दुर्घटनामा परी ६ भारतीयको मृत्यु

दुर्घटनामा परी ६ भारतीयको मृत्यु

बिराटनगर, १९ असार ।  पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक छ जनामध्ये दुईजनाको मात्र नाम खुलेको र बाँकी चारजनाको नाम खुल्न बाँकी रहेको सुनसरीका...
हिलेमा रक्तदानबाट ६६ यूनिट रगत संकलन

हिलेमा रक्तदानबाट ६६ यूनिट रगत संकलन

धनकुटा, १८ असार । विश्व खेलकुद दिवसको अवसर पारेर सोमबार हिले बजारमा रक्तदान कार्यक्रम गरिएको छ । हिले व्याडमिन्टन क्लवले आयोजना गरेको रक्तदानबाट ६६ यूनिट रगत संकलन भएको छ । कार्यक्रममा खेलाडीहरुसँगै स्थानीयबासीले पनि रक्तदान गरेका थिए । उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, जिल्ला खेलकुद विकास समिति अध्यक्ष भोगेन्द्र थापा लगायतले पनि रक्तदान गरे । सोहि अवसरमा भएको कार्यक्रममा धनकुटा–१ क...
भीरगाउँका किसानलाई अनुदानमा कृषि सामाग्री प्रदान

भीरगाउँका किसानलाई अनुदानमा कृषि सामाग्री प्रदान

धनकुटा, १८ असार । धनकुटा नगरपालिका–२ भीरगाउँका कृषकलाई अनुदानमा कृषि सामाग्री र सिलाई मेसिन प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसाय विकास सेवा प्रदायक संस्था महिला सिप विकास केन्द्रले सामाग्री हस्तान्तरण गरेको हो । आर्थिक बर्ष २०७४/०७५ मा सञ्चालित कृषि तालिम तथा सिलाईकटाई तालिममा सिप लिएकाहरुलाई ८० प्रतिशत छुटमा सिलाई...
टिपरको ठक्करबाट दुईको मृत्यु

टिपरको ठक्करबाट दुईको मृत्यु

झापा, १८ असार । गौरीगञ्ज पाडाजुँगी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर– ८ बाहुनडाँगीका २२ वर्षीय नेलसन भण्डारी र गौरादह– १ का १८ वर्षीय विवेक बराल रहेका छन् । गौरादह–१ नीलगिरि प्लटिङ नजिकै मे ४ प १४४७ नं को मोटरसाइकललाई ना ३ ख ८४७४ नं को टिपरले ठक्कर दिँदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा मोटरसाइकल चालक ...
खोटाङमा नोबेलको निःशुल्क शिविरबाट बाह्र सय विरामी लाभान्वित

खोटाङमा नोबेलको निःशुल्क शिविरबाट बाह्र सय विरामी लाभान्वित

खोटाङ, १८ असार । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले खोटाङको रारा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १ हजार २ सय ५५ जना बिरामी लाभान्वित भएका छन् । प्रदेश नम्बर १ को सामाजिक बिकास मन्त्रालयसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो । शिविरमा आँखा रोग, जनरल मेडिसिन, स्त्री रोग, दन्त रोग, ...
सप्तकोशी नदीमा पानीको वहाव उत्तारचढाव हुने क्रम जारी, आत्तिनु पर्ने अवस्था छैन

सप्तकोशी नदीमा पानीको वहाव उत्तारचढाव हुने क्रम जारी, आत्तिनु पर्ने अवस्था छैन

सुनसरी, १८ असार । पूर्वी भेगमा २ दिनयताको वर्षासँगै सप्तकोशी नदीको वहावमा उतार चढाव हुने क्रम जारी छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको वहाव १ लाख ६ हजार ७ सय ९० क्युसेक प्रतिसेकेण्ड रहेको छ । पानीको वहावमा आएको उतारचढावपछि ब्यारेजका १६ वटा ढोका खोलिएका छन् । सप्तकोशी नदीको जलस्तरमा उतार चढावको क्रम जारी रहेपनि आइतबारको तुलनामा सोमबार नदीको वहावमा कमी आएको छ । एक लाख ३१ हजार क्युसेक प...
नवीकरणीय ऊर्जा कार्यक्रमप्रति स्थानीयवासी उत्साहित

नवीकरणीय ऊर्जा कार्यक्रमप्रति स्थानीयवासी उत्साहित

विराटनगर, १८ असार । ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको शुभारम्भ सँगसँगै प्रदेश नं १ का जनतामा स्थानीयस्तरमै उपलब्ध हुनुसक्ने वैकल्पिक ऊर्जाका प्रविधिहरुबाट आधुनिक ऊर्जाका सुविधा पाउन सकिने अवसर प्राप्त भएपछि उत्साहित बनेका छन् । करीब ११ लाख १४ हजार घरधुरी रहेको यस प्रदेशमा अहिले पनि विकट र ग्रामीण क्षेत्रमा मानिसले पूर्णरुपमा बिजुली उपभोग गर्न पाएका छैनन् भने परम्परागत ढंगबाटै दा...
कमसल सामग्रीका कारण कालोपत्रे उक्किएपछि स्थानीय आक्रोशित

कमसल सामग्रीका कारण कालोपत्रे उक्किएपछि स्थानीय आक्रोशित

अर्जुनधारा, झापा, १८ असार । कमसल सामग्रीका कारण झापाको अर्जुनधारा–८ र बुद्धशान्ति–२ अन्तर्गत रहेको चारपाने–नारायणचोक–हात्तीकिल्ला–जयपुर सडकमा गरिएको कालोपत्रे उक्किएपछि स्थानीय आक्रोशित भएका छन् । कमसल सामग्रीको प्रयोग, कालोपत्रे गर्न आवश्यक तापक्रम विपरीत छिटो काम सक्ने बहानामा बिहान र रातिसम्म काम गरेका कारण सडक गुणस्तरहीन भएपछि आक्रोशित बनेका उनीहरुले ठेकेदार र निर्माणको जिम्मा लिएको सम्बन्ध...
हिलेमा निर्जिवन वीमा कम्पनीको शाखा विस्तार

हिलेमा निर्जिवन वीमा कम्पनीको शाखा विस्तार

धनकुटा, १७ असार । हिले बजारमा प्रुडेन्सियल इन्स्योरेन्सको शाखा विस्तार गरिएको छ । कम्पनीले ४३ औं शाखाको रुपमा हिलेबाट कारोवार सुरु गरेको हो । कम्पनीका केन्द्रिय बजार प्रमुख उज्ज्वल ढुंगाना, विराटनगर शाखा प्रमुख मुरारी सुवेदी, धरान शाखा प्रमुख प्रमोद शाक्य र हिले शाखा प्रमुख हेमप्रकाश अधिकारीले शाखा उद्घाटन गरेका हुन् । प्रुडेन्सियल निर्जिवन वीमा कम्पनी हो । शाखाबाट सवारीसाधन, घर, पसल, गोदाम तथ...
महालक्ष्मी नगरको बिकासमा ५३ करोड बजेट

महालक्ष्मी नगरको बिकासमा ५३ करोड बजेट

धनकुटा, १७ असार । महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्ष ०७५/०७६ का लागि ५३ करोड वरावरको बजेट पारित गरेको छ । दोस्रो नगर भेलाले नगर क्षेत्रको बिकासका लागि ५३ करोड ३ लाख ५७ हजार वरावरको बजेट पारित गरेको हो । कार्यक्रममा नगरकी उपप्रमुख मन्जु कुमारी अधिकारीले चालु तर्फ ३२ करोड १६ लाख २२ हजार र पूजिगत तर्फ २० करोड ८७ लाख ३५ हजार बरावरको बजेट प्रस्तुत गरेकी थिइन् । नगरले आर्थिक विकास तर्फ १ करोड ...
एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात

एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात

इलाम, १७ असार । दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा तीन लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ । कुकुरको आहाराका रूपमा नेपालबाट अमेरिकामा निकासी हुँदै आएको छुर्पी डगच्यू उत्पादन गर्ने उक्त कारखाना इलाम नगरपालिका वडा नं १० मा छ । दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूध संकलन गरेर प्रशोधन गर्ने गरेको यो उद्योगमा प्रतिदिन २५० किलोसम्म छु...
अग्नीपीडित बिष्टलाई बन्धुको सहयोग

अग्नीपीडित बिष्टलाई बन्धुको सहयोग

काठमाण्डौं, १७ असार । मोरङको कानेपोखरी नगरपालिका–४ बयरबनका आगलागीपीडित केशव बिष्टलाई आर्थिक सहयोग प्राप्त भएको छ । घिमिरे बिष्ट बन्धु काठमाण्डौं सम्पर्क समितिले बिष्टलाई २१ हजार आर्थिक सहयोग प्रदान गरेको हो । राजधानीमा आयोजित सम्पर्क समितिको कार्यक्रममा समिति अध्यक्ष एबी बिष्टले सहयोग रकम हस्तान्तरण गरेका हुन् । गत जेठ १७ गते आगलागी हुँदा बिष्टको घर जलेर नष्ट भएको थियो ।
मोरङका एक दर्जन स्थान बाढीको उच्च जोखिममा

मोरङका एक दर्जन स्थान बाढीको उच्च जोखिममा

मोरङ, १७ असार । जिल्लाका एक दर्जन बढी स्थान बाढीको उच्च जोखिममा छन् । नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती जोखिममा परेका हुन् । बर्खा लागिसकेकाले सम्भावित विपत्का बारेमा स्थानीय तहसँगको समन्वयमा रेडक्रसले सचेतनामूलक कार्यक्रम गरिरहेको छ । रेडक्रसले विशेष गरी अति जोखिममा परेका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गर्दैआएको छ । जिल्...
विराटनगरको आयुर्वेद फर्ममा औषधी विभागको शिलबन्दी

विराटनगरको आयुर्वेद फर्ममा औषधी विभागको शिलबन्दी

विराटनगर, १७ असार । एउटा सटरमा दुई वटा नाम राखी व्यापार सञ्चालन गरेको भन्दै औषधि व्यवस्था विभागले विराटनगर ७ को आयुर्वेद फार्मेसीमा शिलबन्दी गरेको छ । सुरुमा विराट आयुर्वेद फार्मेसी रहेको पतञ्जली सेवा केन्द्रमा सोही बोर्ड हटाएर विराट आयुर्वेद एण्ड हर्वल नामको फर्म सञ्चालन गरेपछि विभागले अवैध कारोबार गरेको हुनसक्ने भन्दै सिलबन्दी गरेकाे हो । विराटनगर ३ का गोविन्द बहादुर खड्का, अर्चना सोनी र मोर...
स्तरीय उपचारको प्रभाव: नोबेलमा बढ्यो मुटुका बिरामीको भिड (भिडियो रिपोर्टसहित)

स्तरीय उपचारको प्रभाव: नोबेलमा बढ्यो मुटुका बिरामीको भिड (भिडियो रिपोर्टसहित)

बिराटनगर, १७ असार । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालको मुटु बिभागमा पछिल्लो समय बिरामीको अत्याधिक चाप बढेको छ । सहुलियत दरमा स्तरीय उपचार पाएका कारण बिरामीको संख्या बृद्धि भएको नोबेल मुटु बिभागले जनाएको छ । केहि बर्षअघिसम्म बार्षिक करिव ६ हजार बिरामी आउँने गरेको मुटु बिभागमा अहिले मासिक ३ हजार भन्दा बढी बिरामी आउँने गरेका छन् । दैनिक करिव दुई हजार बिरामीको उपचार गर्दै आएको नोबेल अस्पतालमा १ ...
धनकुटामा बजार अनुगमन: म्याद गुज्रेका खाद्यवस्तु नष्ट

धनकुटामा बजार अनुगमन: म्याद गुज्रेका खाद्यवस्तु नष्ट

धनकुटा, १७ असार । धनकुटामा बजार अनुगमन गरी म्याद गुज्रेका खाद्यबस्तु नष्ट गरिएको छ । धनकुटा बजार, हिले र जोरपाटीमा म्याद गुज्रेका खाद्यवस्तु छ्याप्छ्याप्ती भएको जनगुनासो आएपछि बजार अनुगमन गरी म्याद गुज्रेका खाद्यबस्तु नष्ट गरिएको हो । अनुगमन टोलीले बजारका होटल, औषधि पसल, किराना पसल लगायतमा अनुगमन गरेको थियो । औषधि, चाउचाउ, कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटी, भुजा, मसला, खानेतेल, मिनरल वाटर, ...
सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

ओखलढुंगा, १६ असार  । सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक वृद्ध पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोपमा लिखु गाउँपालिकाका ६० वर्षीय भक्त बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार बिहान आफ्नै घरमा बसीरहेकी बालिकालाई उनले जबरजस्ती करणी गरेको पिडित बालिकाको परिवारले जनाएको छ । घरमा कोहि नभएको समयमा अभियुक्त श्रेष्ठले बालिकालाई जबरजस्ती गर्दै गरेको आफूले भे...
धनकुटाको गुठिटारमा ट्याक्टर दुर्घटना (भिडियोसहित)

धनकुटाको गुठिटारमा ट्याक्टर दुर्घटना (भिडियोसहित)

धनकुटा, १६ असार । धनकुटाको गुठिटारमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । गुठिटारबाट बेलहाराडाँडा जाँदै गरेको को.१ त ५५१४ नम्बरको ट्याक्टर बिहान करिव १० बजे स्थानीय रुदुवा खोलाको पुलमा दुर्घटना भएको हो । दुर्घटनामा परी वेलहाराका २३ बर्षीया गिता राया र ४५ बर्षीया गंगामाया तामाङ घाईते भएका छन् । घाईतेलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ । घाईते दुवैको अवस्था सामा...
एसइईमा जिपिए ४ ल्याउनेलाई एक लाख

एसइईमा जिपिए ४ ल्याउनेलाई एक लाख

मोरङ, १६ असार । पथरीशनिश्चरे–१ स्थित एभरेष्ट बोर्डिङ स्कूलले २०७४ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई जनही रु एक एक लाख पुरस्कार प्रदान गरेको छ । अन्य विद्यार्थीलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ । विद्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा जिपिए ४ प्राप्त गर्ने समिता रिजाल र आदर्श न्यौपानेलाई सो पुरस्कार दिइएको विद्यालयका निर्देशक रवीन कन्दङ्वाले जानकारी दिए । ...
पाँच वर्षभित्र उज्यालो प्रदेश: मुख्यमन्त्री राई

पाँच वर्षभित्र उज्यालो प्रदेश: मुख्यमन्त्री राई

विराटनगर, १५ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अगामी पाँच वर्षभित्र प्रदेश नं १ लाई उज्यालो प्रदेश बनाइने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं १ र ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा तथा जर्मन सरकारको सहयोगमा आज यहाँ आयोजित ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको उद्घाटन गर्दै उहाँले अँध्यारोमुक्त प्रदेश बनाउन सरकारले नवीकरणीय ऊर्जाको सबै स्रोत उपयोग गर्ने ...
विषाक्त जंगली च्याउ र तरकारी खाँदा झापामा १५ जना बिरामी

विषाक्त जंगली च्याउ र तरकारी खाँदा झापामा १५ जना बिरामी

सुरुङ्गा, झापा, १५ असार । विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगली च्याउ खाँदा छ जना बिरामी परेका हुन् । जंगलबाट टिपेर ल्याएको विषाक्त च्याउ पकाएर खाँदा प्रेम किशान दर्जी, उनकी श्रीमती सुशीला दर्जी, आमा लीलामाया दर्जी, ज्वाइँ प्रका...
सोलुखुम्बु जीप दुर्घटना अपडेट: ६ जनाको सनाखत

सोलुखुम्बु जीप दुर्घटना अपडेट: ६ जनाको सनाखत

सोलुखुम्बु, १५ असार । सोलुखुम्बुको नेचा सल्यानमा आज बिहान भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना. ज १८६० नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा उदयपुर सिरिषेका जीप चालक २१ बर्षिय कुसाङ तामाङसहित ५ जना यात्रुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रधुम्न अधिक...
सोलुखुम्बुमा जीप दुर्घटना, ६ जनाको मृत्यु

सोलुखुम्बुमा जीप दुर्घटना, ६ जनाको मृत्यु

सोलुखुम्बु, १५ असार। सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट पतलेबजार हाटमा जाँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने भीरबाट शुक्रबार बिहान करिब साढे ७ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । उनका अनुसार शिवकुमारी यादवको मात्र पहिचा...
धनकुटामा दुई वटा तालिमको अनुगमन

धनकुटामा दुई वटा तालिमको अनुगमन

धनकुटा, १५ असार । धनकुटा नगरपालिका–९ मा सञ्चालन भइरहेका दुई वटा सिपमुलक तालिमको अनुगमन गरिएको छ । अनुगमन समितिले ढाका कपडा बुनाई तालिम र अचार बनाउने तालिमको अनुगमन गरेको हो । अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, अनुगमन समिति संयोजक सिताराम गौतम, घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका निमित्त निर्देशक दिपेन्द्र अधिकारी, नायव सुब्बा होम बहादुर थापासहित नगरपालिकाका प्रति...
error: Content is protected !!