- पदम राई/संगालोखबर

साँगुरीगढी, १९ असार । अबिरल बर्षाका कारण झरेको पहिरोले सडक पुरेपछि महाभारत–भेडेटार ग्रामिण सडक अवरुद्ध भएको छ । चार दिनदेखिको बर्षाका कारण साँगुरिगढी–६ स्थित भेडेटार नजिकको जङ्गलमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिरोले करिब एक सय मिटर सडक पुरिएको स्थानीय जगत राईले जानकारी दिए । सडक अवरुद्ध भएपछि गाउँमा उत्पादित कृषिजन्य बस्तु निर्यात र दैनिक उपभोग्य बस्तु आयातमा समस्या भएको छ ।

Advertisement
पहिरोका कारण अवरुद्ध सडक । तस्वीर: पदम राई/संगालोखबर

किसानले उत्पादन गरेको तरकारी, अदुवा लगायत कृषिजन्य उत्पादन निर्यातमा समस्या भएको स्थानीय सूर्यबहादुर राईले बताए । बैकल्पिक सडक पनि अवरुद्ध छ ।

धारापानी र कोलबोटेबीचको सडकमा ठूलो ढुङ्गा झरेर सडक अवरुद्ध भएको हो । दुईवटै सडक अबरुद्ध भएपछि थप समस्या भएको स्थानीय अनिल राईले गुनासो गरे ।

सडक अवरुद्ध भएर समस्या भएपछि स्थानीयले सडक मर्मतको मागसमेत गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!