- संगालोखबर सम्वाददाता

सप्तरी, २० असार । लगातारको बर्षापछि खोलामा आएको बाढीका कारण सप्तरीको महुली पुल भासिएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने महुली पुल भासिएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

उनका अनुसार अग्निसाइर कृष्णासावरण गाउँपालिकामा रहेको पुल करिव ५० मिटर भासिएको छ ।

पुल भासिए पनि सवारी अावागमन भने यथावत भइरहेका छन् । एसपी सिंहले भाँसिएकाे पुलकाे दक्षिणतिरबाट सवारी पास गराइएको बताए ।

सप्तरीमा मंगलबारदेखि वर्षा भएको छैन् । तर, पहाडी क्षेत्रमा भएको वर्षाले खाँडो, महुलीलगायत नदीमा पानीको सतह बढेको छ । नदीको सतह लगातार बढ्दै गएपछि खाँडो नदी आसपासका बासिन्दा त्रसित बनेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!