- ईश्वर थापा/संगालोखबर

धनकुटा, १८ असार । धनकुटा नगरपालिका–२ भीरगाउँका कृषकलाई अनुदानमा कृषि सामाग्री र सिलाई मेसिन प्रदान गरिएको छ ।

Advertisement

घरेलु तथा साना उद्योग विकास समितिको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसाय विकास सेवा प्रदायक संस्था महिला सिप विकास केन्द्रले सामाग्री हस्तान्तरण गरेको हो ।

आर्थिक बर्ष २०७४/०७५ मा सञ्चालित कृषि तालिम तथा सिलाईकटाई तालिममा सिप लिएकाहरुलाई ८० प्रतिशत छुटमा सिलाई कटाई मेसिन १ थान, इन्टरलक मेसिन २ थान, प्लाष्टिक टनेल ६ वटा र ६ क्वाइल पाइप वितरण गरिएको छ ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा महिला सिप विकास केन्द्रकी अध्यक्ष राधिका कार्की, वडा सचिब तेजबहादुर थापा, महिला सिप विकास केन्द्रकी उद्यम विकास सहजकर्ता माया कार्की लगायतले सामाग्री हस्तान्तरण गरेको सामाजिक परिचालक रुपा वनेमले जानकारी दिए ।

कार्यक्रममा वडा सचिब थापाले अनुदान प्रविधीको पूर्ण सदुपयोग गर्न आग्रह गर्दै अनुदानमा पाएको सामाग्री प्रयोग नभएको भेटिए नगरपालिकाले कारबाही गर्ने चेतावनी पनि दिए ।

घरेलु तथा साना उद्योग विकास समितिले हरेक वर्ष गरिवी निवारणका लागि सिपमुलक तालिम तथा अनुदानमा सामाग्री वितरण गर्दै आएको कार्यालयका नायब सुब्बा होमबहादुर थापाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!