झापा, १८ असार । गौरीगञ्ज पाडाजुँगी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा मेचीनगर– ८ बाहुनडाँगीका २२ वर्षीय नेलसन भण्डारी र गौरादह– १ का १८ वर्षीय विवेक बराल रहेका छन् ।

गौरादह–१ नीलगिरि प्लटिङ नजिकै मे ४ प १४४७ नं को मोटरसाइकललाई ना ३ ख ८४७४ नं को टिपरले ठक्कर दिँदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा मोटरसाइकल चालक मेनपा –८ का २० वर्षीय प्रवेश भण्डारी गम्भीर घाइते भएका छन् । भण्डारीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिएलगत्तै ब्रेक लगाउँदा चिप्लिएर टिपर पल्टिएको र सोही टिपरले किचेर मोटरसाइकल पछाडि बस्ने भण्डारी र बरालको घटनास्थालमै मृत्यु भएको बताइएको छ ।

टिपर चालक उर्लाबारी–१ मोरङका ४९ वर्षीय चन्द्रबहादुर लिम्बूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!