धनकुटा, २० असार । धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि लाइन काट्न थालिएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा बक्यौता रहेको एक करोड १७ लाख ४४ हजार महशुल नबुझाएकाले विद्युत् लाइन काट्न थालिएको नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाका प्रमुख पवनकुमार शाहले बताए ।

विद्युत् महशुल नबुझाएको भन्दै जिल्लामा कूल ४०७ ग्राहकको लाइन काटिएको छ । धनकुटा नगरपालिकासहित शाखाको कालोसूचीमा रहेका ७७ ग्राहकबाट छ लाख ३८ हजार रकम उठ्न बाँकी छ ।

असार मसान्तसम्ममा शुल्क नबुझाएमा लाइन काटिने शाहले बताए । नगरपालिकाको महसुलबापतको २५ लाखभन्दा बढी रकम तिर्न बाँकी छ । पछिल्लो समय महशुल नबुझाउने ग्राहकको संख्या बढ्दै गएको छ ।

महसुल बुझाउन ताकेता गर्दासमेत महसुल नबुझाउने सरकारी कार्यालय, विभिन्न संघसंस्था र व्यक्तिको लाइन काट्न शुरु गरेपछि ग्राहकले महसुल बुझाउन थालेको प्राधिकरणले जनाएको छ ।

विगत पाँच वर्षदेखि महशुल नतिरेका जिल्ला हुलाक कार्यालय, महिला तथा बालबालिका कार्यालय तथा इलाका प्रहरी कार्यालय राजारानीले बक्यौता रकम जरिवानासहित बुझाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!