- संगालोखबर सम्वाददाता

धनकुटा, १७ असार । महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्ष ०७५/०७६ का लागि ५३ करोड वरावरको बजेट पारित गरेको छ । दोस्रो नगर भेलाले नगर क्षेत्रको बिकासका लागि ५३ करोड ३ लाख ५७ हजार वरावरको बजेट पारित गरेको हो ।

Advertisement

कार्यक्रममा नगरकी उपप्रमुख मन्जु कुमारी अधिकारीले चालु तर्फ ३२ करोड १६ लाख २२ हजार र पूजिगत तर्फ २० करोड ८७ लाख ३५ हजार बरावरको बजेट प्रस्तुत गरेकी थिइन् ।

नगरले आर्थिक विकास तर्फ १ करोड ५५ लाख ८५ हजार, सामाजिक विकासमा २५ करोड ३८ लाख ८१ हजार र पूर्वाधार विकासमा १७ करोड ४६ लाख ४७ हजार बजेट बिनियोजन गरेको हो ।

त्यस्तै वातावरण तथा पूर्वाधार विकासमा ७६ लाख ७ हजार र संस्थागत तथा सेवा प्रवाहमा ७ करोड ५६ लाख ३७ हजार बजेट विनियोजन गरिएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए ।

नगर सभामा प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली र जिल्ला समन्वय समिति प्रमुख टंक चुवानले बजेटलाई सहि तरिकाबाट सदुपयोग गरी नगरको बिकासलाई प्रभावकारी बनाउँन सुझाव दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!