भयावह बन्दै लागूऔषध प्रयोग: ‘टाइम बम अन्डर द सिटी’
विराटनगर, ३० असार । कलेज पढदै गरेको छोराले अस्वाभाविक गतिविधि गर्न थाले पनि यहाँका एक दम्पतीले सुरुमा उति वास्ता गरेनन् । तर अनेक थरी र अनौठो माग गर्ने, झर्कने र कहिलेकाहीँ अन्तै बस्न थालेपछि भने उनीहरू झस्किए ।
सोधखोज गरे । साथीकहाँ बसेको थिएँ भनेपछि अलि ढुक्क त भए । तर छोरो बिग्रन लागेको शंका लागेपछि निगरानी भने गर्न थाले । कलेजमा पनि अनुपस्थित हुने गरेको थाहा पाएपछि भने उनीहरू चकित भए । कारण...






























