- संगालोखबर सम्वाददाता

ओखलढुङ्गा, २० असार । ओखलढुंगामा बुधबार बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३ जना गंभीर घाईते भएका छन् ।

सुनकोसी गाउँपालिकाको मूलखर्कवाट सदरमुकाम जाँदै गरेको बा. १५ च ८८४३ नम्बरको जीप च्यानमको भालदिपमा दुर्घटना भएको हो ।मृतक एकको घटनास्थलमा नै र एक जनाको उपचारका लागि ओखलढुङ्गा तर्फ ल्याईदै गर्दा बाटैमा मृत्यु भएको हो । मृतकको सनाखत हुँन सकेको छैन ।

जीप सडकवाट करीब ३ सय मिटर तल खसेको सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीले जानकारी दिए । घाईतेहरुको उद्धार गरि उपचारका लागि ओखलढुङ्गा अस्पताल पठाईएको  छ ।  घाईते तिनैजनाको अवस्था गंभीर छ ।

जीप रोकेर बाँकी यात्रु खाजा खान गएको बेलामा जीप आफै गुडेर दुर्घटनामा परेको बताईएको छ । जीप दुर्घटनामा परेपछि चालक भने सम्पर्कविहिन छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!