- संगालोखबर सम्वाददाता

बिराटनगर, १७ असार । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालको मुटु बिभागमा पछिल्लो समय बिरामीको अत्याधिक चाप बढेको छ । सहुलियत दरमा स्तरीय उपचार पाएका कारण बिरामीको संख्या बृद्धि भएको नोबेल मुटु बिभागले जनाएको छ ।

Advertisement

केहि बर्षअघिसम्म बार्षिक करिव ६ हजार बिरामी आउँने गरेको मुटु बिभागमा अहिले मासिक ३ हजार भन्दा बढी बिरामी आउँने गरेका छन् । दैनिक करिव दुई हजार बिरामीको उपचार गर्दै आएको नोबेल अस्पतालमा १ सय भन्दा बढी मुटु रोगीले दैनिक उपचार गराउँने गरेको नोबेल अस्पतालका निर्देशक एवं मुटु बिभाग प्रमुख डा.राजेश नेपाल बताउँछन् ।

‘नोबेलमा आउँने मुटु रोगीको संख्या क्रमिक रुपमा बढ्दै गएको छ ।’ डा. नेपाल भन्छन् ‘स्तरीय उपचार पाएपछि बिरामीको संख्या बढेको हो ।’ नोबेलमा ह्दयघात, मुटुको वाथ रोग, मुटुको चाल गढबढी, उच्च रक्तचाप र मुटु कमजोर भएर पीडा झेल्दै आएका बिरामीहरु बढी मात्रामा आउँने गरेका छन् ।

मोरङ, सुनसरी, झापा, धनकुटा, ईलाम, पाँचथर, ताप्लेजुङ लगायत पूर्वी नेपालका बिरामी नोबेलमा बढी मात्रामा आउँछन् । छिमेकी देश भारतका बिभिन्न स्थानबाट पनि मुटु रोगको उपचारका लागि बिरामीहरु आउँने गरेको नोबेल अस्पतालले जनाएको छ ।

२०६१ सालबाट सुरु भएको नोबेल अस्पतालमा करिव तीन बर्ष अघिबाट मुटु रोगको उपचार थालिएको हो । सुरुवाती चरणमा मासिक करिव ५ सय बिरामीको उपचार गर्ने गरिएको थियो । तर, पछिल्लो समय मुटु रोगीको संख्या ह्वातै बढेको हो । सुरुवाती चरणको तुलनामा अहिले करिव ६ गुणाले मुटु रोगीको संख्या बृद्धि भएको नोबेल अस्पतालको बिरामी रेकर्डले देखाउँछ ।

नोबेलले मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि मोफसलमै पहिलो पटक ईपी ल्याव सुरु गरेपछि बिरामीको थप आकर्षण बढेको हो । बिपन्न नागरिक औषधि उपचार कोषमार्फत मुटु रोगको उपचारमा एक लाखसम्मको सहुलियत दिने गरिएकाले पनि उपचारका लागि नोबेल आउँने गरेको बिरामीहरु बताउँछन् । सहुलियतसँगै गुणस्तरीय उपचार पाउँने भएकाले नोबेल आउँने गरेको बिरामी र बिरामीका आफन्तहरुको भनाई छ ।

उपचार सेवामा स्तरीयता बढाउँदै लगेको नोबेल अस्पतालले यसअघि २ अर्व ४० करोडको लगानीमा दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेर जटिल रोगको पनि सहजै उपचार गर्दै आएकाले न्यूरोमा पनि बिरामीको अत्याधिक चाप छ ।

बिरामीलाई सहुलियत दरमै स्तरीय उपचार दिलाउँने उद्धेश्यले आवश्यकता अनुसार सेवामा स्तरीयता बढाउँदै लगिएको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

भिडियो हेर्नुहोस्…

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!