धनकुटा, २० असार । धनकुटा नगरपालिका–९ बेलहारामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । शान्ति सरक्षालाई थप चुस्तदुरुस्त पार्न स्थानीय थानी चौकमा चौकी स्थापना गरिएको हो ।

Advertisement

प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल, जिल्ला प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङ्ग, राष्ट्रिय अनुसन्धानका प्रमुख तुलसी कट्टेल र वडाध्यक्ष सन्दिप रायमाझीले बुधबार संयुक्त रुपमा चौकीको उद्घाटन गरेका हुन् ।

घर भाडामा लिएर राखिएको चौकीमा प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा ७ जना प्रहरी रहने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेलहारा क्षेत्रमा जनघनत्व बढ्दै गएको तथा धरान–धनकुटा सडक खण्ड हुंदै सहिदभूमि गाउँपालिका क्षेत्रको मुख्य ब्यपारीक केन्द्र बन्दै गएपछि चौकीको आवश्यकता भएको वडाध्यक्ष रायमाझीले बताए ।

प्रहरी चौकी राखिएपछि सुरक्षा ब्यवस्था चुस्तदुरुस्त बन्ने स्थानीयको अपेक्षा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!