- ईश्वर थापा/संगालोखबर

धनकुटा, २० असार । धनकुटाका पाँच जना युवा प्रतिभालाई बुधबार सम्मानित एवं पुरस्कृत गरिएको छ । जिल्ला युवा समितिले युवा प्रतिभाको खोजि गरी उनीहरुको कामलाई प्रोत्साहनका लागि पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा विज्ञान तथा प्रविधीतर्फ सहिदभूमिका कोखमान राई र साँगुरीगढीका सन्देश घिमिरे छन् । खेल क्षेत्र तर्फ धनकुटा–१ की सुनिता तामाङ, धनकुटा–३ का खेमराज थापा र उद्यमी तर्फ धनकुटा–६ की जुना घिमिरेलाई सम्मानित एवं पुरस्कृत गरिएको हो ।

Advertisement

उनीहरुलाई प्रोत्साहनस्वरुप जनही ४ हजार २ सय र सम्मान पत्र प्रदान गरी पुरस्कृत गरिएको जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराले जानकारी दिए ।

पुरस्कृत युवा प्रतिभासँग सामुहिक तस्वीर खिचाईदै । तस्वीर: संगालोखबर

प्रविधी क्षेत्रबाट सम्मानित राईले सुरक्षाका दृष्टिले उपयोगी अटोमेटीक फोन रिडायल सिस्टमको आविस्कार गरेका छन् भने घिमिरेले दुर्घटना नहुने गाडी बनाएका छन् । यता खेल क्षेत्रमा सम्मानित तामाङ विदेशी भूमिमा पुगेर कराँतेमा उपाधी जित्न सफल भएकी हुन् भने थापाले कबर्ड हल निर्माण गर्न निःशुल्क जग्गा उपलब्ध गराएका छन् । घिमिरे सफल उद्यमीको रुपमा परिचित छिन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख टंक चुवानले राजनीतिक परिवर्तन युवा कै कारणबाट भएको बताउँदै अब आर्थिक र सामाजिक परिवर्तनमा युवा पुस्ता लाग्नुपर्ने बताए ।

धनकुटा नगरपालिकाका कार्यबाहक प्रमुख जंगबहादुर राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नैन विश्वकर्मा, पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ र उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले युवा प्रतिभालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

बक्तृत्वकला प्रतियोगिताका बिजेतालाई पनि पुरस्कार

जिल्ला युवा समितिले ‘समृद्ध नेपाल र सुखी नेपाली अभियानमा युवाको भूमिका’ विषयक बक्तृत्वकला प्रतियोगिता गरेको छ ।

प्रतियोगितामा धनकुटा–१० की मनिषा खनाल प्रथम, महालक्ष्मी–२ की करुणा कटुवाल द्धितिय, महालक्ष्मी–१ की सरिता कटुवाल तृतिय र धनकुटा–६ का विपिन घिमिरेले सान्तवना स्थान हात पारे ।

प्रथमले ८ हजार, द्धितियले ६ हजार, तृतीयले ४ हजार र सान्त्वनाले २ हजार नगदसहित प्रमाण पत्र पाएका छन् ।

प्रथम हुने खनालले आगामी २३ गते सोहि विषयमा हुने प्रदेश स्तरिय वक्तृत्वकला प्रतियोगितामा माग लिन पाउने जिल्ला युवा समितिका अध्यक्ष छाराहाङले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!