- संगालोखबर सम्वाददाता

धनकुटा, १६ असार । धनकुटाको गुठिटारमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । गुठिटारबाट बेलहाराडाँडा जाँदै गरेको को.१ त ५५१४ नम्बरको ट्याक्टर बिहान करिव १० बजे स्थानीय रुदुवा खोलाको पुलमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी वेलहाराका २३ बर्षीया गिता राया र ४५ बर्षीया गंगामाया तामाङ घाईते भएका छन् । घाईतेलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ । घाईते दुवैको अवस्था सामान्य छ ।

घुम्ति सडकमा विपरित दिसाबाट आएको मोटरसाईकललाई साईड दिनेक्रममा ट्याक्टर पुलको छेउमा दुर्घटना भएको हो । ट्याक्टरको अगाडीको भाग सडक पार गरेर पुल मुनि खसेको छ ।

भिडियो हेर्नुहोस्…

धनकुटाको गुठिटारमा ट्याक्टर दुर्घटना

धनकुटाको गुठिटारमा ट्याक्टर दुर्घटना www.sangalokhabar.com

Posted by Sangalo Khabar on Saturday, June 30, 2018

तपाईको प्रतिक्रिया

error: Content is protected !!