सोलुखुम्बु, १५ असार । सोलुखुम्बुको नेचा सल्यानमा आज बिहान भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

Advertisement

शुक्रबार बिहान नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना. ज १८६० नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा उदयपुर सिरिषेका जीप चालक २१ बर्षिय कुसाङ तामाङसहित ५ जना यात्रुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुने यात्रुहरुमा सिराहा चनौठा १ का ३६ बािर्षय शिवकुमार यादव, खोटाङको खाल्डे गाउपालिका ८ का २४ बािर्षय कोपीला बस्नेत– कार्की), सोलुखुम्बु नेचा  गाउँपालिका २ का उर्मिला बस्नेत, सोही स्थानकी सुशीला खड्का र ओखलढुङगा माम्खा ५ का श्यामकुमार रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी करिव ८ बर्षिया बालिका सुस्मा खड्काको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौ ल्याउने तयारी भइरहेको छ ।

तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेपनि पानी परेर बाटो हिलो भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!