
धनकुटा, २० असार । धनकुटाको महालक्ष्मी नगरपालिका–७ काफ्लेमा आज बिहान ट्रिफर दुर्घटना हुँदा एक जना घाईते भएका छन् । सडक निर्माण सामाग्री बोकेर भञ्ज्याङबाट जीतपुरतर्फ जाँदै गरेको को.१.ख ४४२८ नम्बरको ट्रिफर सडकबाट पल्टिएको हो ।
दुर्घटनामा परी ट्रिफरमा सवार स्थानीय ४० बर्षीया सकुमाया मग्रान्ति घाईते भएकी छन् । उनको स्थानीय स्वास्थ्य सस्थामा उपचार भईरहेको छ । चालक र सह-चालकलाई भने सामान्न चोट लागेको छ ।
ट्रिफर सडकबाट करिव १५ मिटर तल खसेको स्थानीय विश्व ढकालले संगालोखबरलाई जानकारी दिएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।















