संखुवासभाको चित्लाङमा पहिरोको जोखिम
संखुवासभा, २९ साउन । चैैनपुर नगरपालिका–२ चित्लाङमा लगातार पहिरो गइरहेको छ ।
अविरल वर्षापछि यहाँ चार परिवार पहिरोको उच्च जोखिममा छन् । केही समय अघि डोजर प्रयोग गरी सडक खनेपछि यहाँ लगातार पहिरो जान थालेको हो ।
स्थानीयवासी घनश्याम गौतम, हरिनारायण गौतम, हेमलाल गौतम र दिनेश गौतमको घर पहिरोले पुरिने डर छ ।
स्थानीय भगवती माविका प्रधानाध्यापक माधवप्रसाद गौतमका अनुसार पहिरोका कारण चैनपुरस्थित बाल मन्द...





























