- पदम राई/संगालोखबर

धनकुटा, २७ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ र ९ नम्बर वडाको सिमानामा पर्ने फेसुवा खोलामा निर्माण गरिएको ट्रष्ट पुलको औपचारिक उद्घाटन गरिएको छ । नव निर्मित ३२ मिटर लामो ट्रष्ट पुलको प्रदेशसभाका सांसद निरन राईले रिबन काटेर उद्घाटन गरेका हुन् ।

Advertisement

पुल उद्घाटन गर्दै सांसद राईले फेसुवा खोलामा पर्यटकलाई आकर्षण गर्न स्वीमिङ पुल बनाउँन आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला प्राविधिक कार्यालयको २० लाख १५ हजार, साँगुरीगढी गाउँपालिकाको १ लाख २७ हजार लागत र पर्डेप नेपालको सहजिकरणमा पुल निर्माण गरिएको हो ।

उद्घाटन कार्यक्रममा साँगुरिगढी गाउपालिकाका अध्यक्ष कुमारजंङ याक्खा, उपाध्यक्ष विन्द्र राई, ८ नं. का वडाध्यक्ष विनय राई, ९ नं. का वडाध्यक्ष जीतबहादुर राई, पर्डेप नेपालका सहजकर्ता मिनप्रसाद सुवेदी, सव ईन्जिनियर ढुण्डिराज घिमिरे लगायतले पुल बनेपछि स्थानीयबासीलाई आवतजावतमा सहज हुँने विश्वास ब्यक्त गरे ।

फेसुवा खोलामा पुल निर्माण भएपछि बिद्यार्थीहरुलाई बिद्यालय जान र पैदलयात्रीलाई आवतजावतमा धेरै सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर लिम्बुले जानकारी दिए । पुल बनेर आवतजावतमा सहज भएपछि स्थानीयबासी हर्षित बनेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!