- संगालोखबर सम्वाददाता

धनकुटा, २६ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शुक्रवारबाट धनकुटामा एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । जिल्ला युवा समितिको संयोजनमा हाम्रो बहुमुखि पाठशाला र हुसाडेक नेपालले प्रदर्शनी आयोजना गरेका हुन् ।

Advertisement

आगामी ३१ गतेसम्म चल्ने प्रदर्शनीमा कलाकार डिल्लीकृष्ण आलेले बनाएका धनकुटाको साँस्कृतिक प्रस्तुती र मौलिक पहिचान झल्कने करिब सय भन्दा बढि चित्रहरु राखिएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रदर्शन गरिएका चित्रकलाले धनकुटाको ऐतिहासिक, धार्मिक तथा भौगोलीक पहिचानको संरक्षणमा ठुलो भूमिका खेल्ने बताए ।

इतिहास झल्काउने चित्रकलाको व्यवस्थापनका लागि नगरपालिकाले योजना बनाउँदै गरेको उनले जानकारी दिए ।

कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङ र हुसाडेक नेपालका अध्यक्ष खेम घिमिरेले पनि चित्रकलाले जिल्लाको पहिचान संरक्षणमा भूमिका निर्वाह गरेको बताए ।

धनकुटाका प्रतिभालाई उजागर गर्न कार्यक्रम गरिएको हाम्रो बहुमुखि पाठशालाका संयोजक सरोज भुजेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!