- भेषराज कटेल/संगालोखबर

धनकुटा, २८ साउन । सनराइज बैैंकमा बचत खाता खोल्ने ग्राहकहरुले धनकुटा मोडल अस्पतालमा स्वास्थ्य उपचार गराउदा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सनराइज बैंक धनकुटा शाखा र धनकुटा मोडल अस्पतालबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता भएपछि ग्राहकहरुले सहुलियतमा उपचार गराउँन पाउँने भएका हुन् ।

सनराइज बैंक धनकुटा शाखाका प्रबन्धक दिनेश शर्मा अधिकारी र धनकुटा मोडल अस्पतालका डाक्टर रोशन झाले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । बैंकको केन्द्रिय नीति अनरुप ग्राहकहरुलाई सहुलियत गराउने उदेश्यले अस्पतालसंग सम्झौता गरिएको सनराइज बैंक धनकुटाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारीले जानकारी दिए ।

उनका अनुसार मंगलवारबाट यो संझौता कार्यान्वयन हुँनेछ । छुट पाउनका लागि ग्राहकसँग बैंकको भिसाकार्ड (डेविट वा क्रेडिट कार्ड) हुनुपर्नेछ । ग्राहकको सहजताका लागि बैंकले १ वर्षसम्म भिसाकार्ड निःशुल्क प्रदान गर्ने भएको छ ।

बैंकका वचतकर्तालाई अस्पतालको छुटसगैं तोकिएको अस्पतालमा भर्ना भई औषधोपचार गर्दा बैंकवाट १ लाख सम्मको स्वास्थ्य बीमा सुबिधा र ५ लाखसम्मको दुर्घटना बीमा सुबिधासमेत उपलब्ध गराईने सनराइज बैंकले जनाएको छ ।

अस्पताल र बैंकवीच भएको उक्त सम्झौता ग्राहकहरुका लागि लाभदायक रहेको पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!