विराटनगर, २७ साउन । विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर आज गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।

बम विष्फोटनमा निजहरुको संलग्नताका सम्बन्धमा आवश्यक अनुसन्धान एवं सोधपुछ भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको उनले बताए । बम विष्फोटनबाट कुनै मानवीय क्षति भएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!