धनकुटा, २६ साउन । अधिवक्ता ठगिन कुमार राईको ‘चेपाङ समुदायको वर्तमान अवस्था’ नामक पुस्तक धनकुटामा बिमोचन गरिएको छ । उच्च अदालत विराटनगरको धनकुटा इजलासका मुख्य न्यायधिस विनोद कुमार शर्माले पुस्तक विमोचन गरेका हुन् ।
विमोचन कार्यक्रममा बोल्दै मुख्य न्यायधिस शर्माले पश्चिम नेपालमा मात्रै बसोबास गर्ने सिमान्तकृत जाति चेपाङको बारेमा पुस्तक निकाल्नु निकै कठिन काम भएको बताए । कार्यक्रममा पुस्तकको बारेमा सह प्राध्यापक रमेश लुइटेलले टिप्पणी गरेका थिए ।
सो अवसरमा सरकारी वकिल कार्यालयका शाखा अधिकृत कल्याण पराजुली, अधिवक्ता रोहीत कुमार डाँगी, उच्च अदालत बारका अध्यक्ष लाखमान राई, वरिष्ठ अधिवक्ता गोपाल भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
चेपाङ समुदायको राजनीतिमा पहुँच, जनसंख्या, रहनसहन, भेषभुषा, चाडपर्व लगायत कुरा समेटेर १६ बर्षको मेहनतपछि पुस्तक तयार गर्न सफल भएको लेखक राईले बताएका छन् ।