हल्दिबारी गाउँपालिद्वारा २० लाखको छात्रवृत्ति प्रदान
बनियानी, झापा, ५ भदौ । हल्दिबारी गाउँपालिकाले १० विद्यार्थीलाई रु २० लाखको छात्रवृत्ति प्रदान गरेको छ । पशु विज्ञान सम्बन्धी अध्ययनका लागि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराइएको सो गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए ।
विद्यार्थीलाई आवासीय सुविधासहित पशु विज्ञान सम्बन्धी अध्ययन गर्न कमल गाउँपालिकामा रहेको ...




























