गाउँ–गाउँमा नोबेलको निःशुल्क शिविर: भाउन्नेमा तीन सय बिरामीको निःशुल्क उपचार (फोटो फिचरसहित)
विराटनगर, ४ भदौ । बिपन्न बिरामीलाई लक्षित गरी गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सोमबार मोरङको भाउन्नेमा शिविर सञ्चालन गरी ३ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ ।
बेलवारी–१० भाउन्ने स्थित महेन्द्र माध्यमिक बिद्यालयमा गरिएको स्वास्थ्य शिविरबाट ३ सय ७ जना बिरामीले निःशुल्क उपचार सेवा लिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । शिविरमा ६३...





























